नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरो खसेर गए राति १ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाइएपछि आज बिहान ११ः ५० बजेदेखि सडक पुनःसञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो ।

पहिरो पन्छाउनका लागि एक एक्साभेटर, दुई लोडर र तीन टिपर परिचालन गरिएको थियो । पहिरो पन्छाइएसँगै रातिदेखि सवारी जाममा बसेका गाडी आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मितिः २०७४ असार ४

२०७४ असार ४ गते १३:०० मा प्रकाशित

You can share this post!

बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ १३०% हकप्रद, बुक क्लोजको मिति जान्नुहोस् !

गाउँमै उद्यमी बन्ने हो ? पढ्नुहोस्

Related posts