back
NMB ad

गोजिबाट थुतेर एक लाख रुपैंया खाने यो कस्तो बाख्रो ?

Kumari bank ad

बाख्राले भोकाए पछी स्याउला घास खान खोज्छ तर भारतको उत्तरप्रदेशस्थित कन्नौज जिल्लामा एकजना किसानले पालेको बाख्राले आफ्नै मालिकको गोजीबाट थुतेर ६६ हजार भारु अर्थात् झण्डै एक लाख रुपैयाँ खाइदियो ।

स्थानीय सर्वेस कुमारले आफ्नो घर बनाउनका लागि इँटा खरीद गर्न उक्त पैसा जम्मा गरेका थिए र इँटा किन्न जानका लागि पैसा गोजीमा राखेका थिए । गोजीमा पैसा राखेको पाइन्ट बाख्राको नजिकै झुण्डाएर उनले नुहाउन थालेछन् । त्यसबीचमा बाख्राले उनको गोजीको पैसाको बिटो थुतिदिएछ, उनलाई पत्तै भएन ।

जब नुहाइसकेपछि लुगा लगाउन उनी लुगा झुण्डाएको ठाउँतर्फ पुगे तब उनले बाख्राले घाँसजस्तै गरी पैसा चपाइरहेको देखे । २ हजार भारुका ३३ वटा नोटको बिटो बाख्राले खाइरहेको थियो । उनले केवल २ वटा नोट मात्र बचाउन सके । अरु ३१ वटा नोट बाख्राले चपाइवरी निलिसकेको थियो ।

आफ्नै मूल्यभन्दा कैयौँ गुणा धेरै मालिकको पैसा चपाइदिएपछि उक्त बाख्रो एकाएक सेलिब्रेटी बनेको छ । उक्त बाख्रालाई हेर्न भन्दै स्थानीय मानिसहरु सर्वेसकहाँ पुग्ने गरेका छन् । तर सर्वेस र उनकी पत्नीचाहीँ आफ्नो घरपालुवा बाख्रोप्रति क्रुर बन्न सकेनन् । उनीहरु उक्त बाख्रोलाई सन्तानजस्तै माया गर्दछन् ।

प्रकाशित मितिः २०७४ असार ४

वि.सं.२०७४ असार ४ आइतवार १५:२३ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...