back
NMB ad

दुई कम्पनीको हकप्रद आजबाट बिक्री खुल्ला,कहाँ–कहाँबाट भर्ने जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड र एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले आज अर्थात् असार ५ गतेबाट हकप्रद सेयर बिक्री खुल्ला गरेका छन् ।

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद आज अर्थात असार ५ गतेदेखि निष्काशन भएको छ । माइक्रोफाइनान्सले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।

मिर्मिरेले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । मिर्मिरेको सेयर निष्काशन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । मिर्मिरेको हकप्रद भर्न जेठ १६ गतेभित्र सेयर किनिसकेको हुनुपर्नेछ ।

प्रभु क्यापिटल लिमिटेड कमलादी, मिर्मिरे फाइक्रोफाइन्सको डेभलपमेन्ट बैंकको सबै कार्यालय र प्रभु बैंक लिमिटेडका विराटनगर, विरगन्ज, सुर्खेत, वुटवल, धनगढी र नेपालगञ्जबाट उक्त हकप्रदका लागि आवेदन दिन सकिनेछ । मिर्मिरेको हकप्रद साउन ८ गतेसम्म भर्न सकिनेछ ।

एनबि इन्स्योरेन्स कम्पनी

एनबि इन्स्योरेन्स कम्पनीको हकप्रद पनि आज अर्थात् असार ५ गतेदेखि निष्काशन सुरु भएको छ । एनबि इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गरेको हो ।

एनबिले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । एनबिको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धकमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । एनबिको हकप्रद जेठ ३ गतेसम्म कायम सेयरधनीले भर्न पाउनेछन् ।

इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा एनबिका सम्पूर्ण शाखाहरुबाट हकप्रद भर्न सक्नेछन् । एनबिले साउन ९ गते हकप्रद निष्काशन बन्द गर्ने जनाएको छ ।

प्रकाशित मितिः २०७४ असार ५

वि.सं.२०७४ असार ५ सोमवार १०:२६ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...