back
NMB ad

सेयर बजारमा खरिदकर्ताको उत्साह,कारोबार बढ्यो !

Kumari bank ad

काठमाडौ । निरन्तर ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से सोमबार २०.८२ अंकले तल झरेको छ । बजार घट्दा कारोबार रकममा भने सामान्य बढोत्तरी भएको छ । बजार परिसूचक १५५५.१६ अंकमा कायम हुन पुगेको छ ।

बजार घट्दा पनि कारोबार रकम भने झण्डै छ करोड रुपैयाँले बढेको छ । बजार घटेको मौकामा खरिदकर्ता उत्साहित बन्दा कारोबार रकमले बजारलाई साथ दिएको हो ।

सोमबार एक सय ३७ कम्पनीका ८ लाख १४ हजार ४ सय ५३ कित्ता सेयर ५ हजार ८ सय १२ पटक किनबेच हुँदा ६४ करोड ९८ लाख ८ हजार ३ सय १५ रुपैंयाको किनबेच भएको छ । आइतबार ५९ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो ।

सोमबार एभरेष्ट इन्स्योरेन्स, एभरेष्ट बैंक, प्राइम लाइफ, स्टाण्डर्ड चार्टर्ड बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स लगायत कम्पनीका सेयर अधिक कारोबार भएका छन् ।

ashar 5सोमबार सबै समूहको परिसूचक रातो रंगले पोतिएको छ । बीमा समूहमा सबैभन्दा धेरै १४२.८९ अंकको गिरावट आएको छ ।

ashar 5 red

राजनितिक वाताबरण राम्रो बन्न नसक्दा सेयर बेच्नेको चाप बढेपछि बजार ओरालो लागेको अनुमान गरिएको छ ।

प्रकाशित मितिः २०७४ असार ५

वि.सं.२०७४ असार ५ सोमवार १६:४९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...