प्रधानमन्त्रीद्वारा क्षमा याचना !

सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लुङ्गले आफ्नो पारिवारिक कलहका कारण देश र जनतालाई असर परेकोप्रति सोमबार क्षमा याचना गरेका छन् । ली र संस्थापक नेता ली कौन येवका दुई जना छोराछोरीका बीचमा सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा एक आपसमा आरोप प्रत्यारोप भएको थियो ।

त्यो आरोप प्रत्यारोपले सिङगापुरे नागरिकलाई लज्जित गराएकोले आफू क्षमा प्रार्थी भएको प्रधानमन्त्रीको भनाई छ । “सिङगापुरको मानप्रतिष्ठा र सिङ्गापुरेको आत्मबलमा चोट पुर्याएकोमा मलाई गहिरो पश्चाताप छ,” राष्ट्रिय प्रसारणका लागि पहिले नै रेकर्ड गरिएको भिडियो सम्बोधनमा प्रधानमन्त्री लीले भनेका छन् । उनले थपे, “तपाईहरूको प्रधानमन्त्रीको रुपमा म क्षमा याचना गर्दछु ।” रासस/एएफपी

प्रकाशित मितिः २०७४ असार ६

२०७४ असार ६ गते १०:३६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको फिदिम एक्सटेन्सन काउण्टर शाखामा परिणत

तल्लो जातको मानिने दलित समुदायका व्यक्ति भाजपाको राष्ट्रपतिको उम्मेदवार !

Related posts