back
NMB ad

पर्यटन प्रबर्द्धनका लागि चन्द्रागिरि हिल्सको भिडियो सार्वजनिक

Kumari bank ad

रबिना पौडेल

काठमाडौँ । चन्द्रागिरि हिल्सको प्रवर्दनात्मक भिडियो बुधबार सार्वजनि गरिएको छ  । सो भिडियो चन्द्रागिरि हिल्सबाट सार्वजनिक गरिएको हो ।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रागिरि धार्मिक, साँस्कृतिक, ऐतिहासिक सबै हिसावले महत्वपुर्ण स्थान बन्न पुगेको बताए । वालवालिका, युवा र वृद्घा सबै खालका मानिसहरुको लागि उपयुक्त रहेको यस स्थानले नेपालको पर्यटन प्रर्वद्धनमा धेरै टेवा पुयाउँदै छ ।
नेपालको राजधानी काठमाडौँको नजिक रहेको चन्द्रागिरि हिल्सले स्वदेशी तथा विदेशी सबै खालका पर्यटकहरुलाई खुशी, आनन्द र सन्तुष्टि दिने उनले बताए ।
कार्यक्रममा चर्चित कलाकार एवं प्रवद्र्धनात्मक भिडियोका एक पात्र हरिवंश आचार्यले चन्द्रागिरि हिल्स नेपालको राजधानी काठमाडौको शिर रहेको बताए । उनले भने शाह कालमा राजा पृथ्वी नारायण शाहले राज्य एकिकरण यही ठाउँबाट शुरुवात गरेका थिए । त्यस्तै हिन्दु धर्मग्रन्थमा उल्लेख भए अनसार भालेश्वर महाँदेवको उत्पति यहीं भएको हो ।

समुन्द्र सतहबाट २ हजार ५ सय ५१ मिटर उचाइमा रहेको यस हिल्सबाट विश्वकै अग्लो हिमाल सगरमाथा, अन्नपूर्ण, माच्छापुच्छ्रे आदिको दृश्य देख्न सकिन्छ ।
केवलकारमा यात्रा गर्दा जङ्गलमा मृग, बाघ, बाँदर लगायत जंगली जानवरहरु पनि देख्न सकिन्छ । नेपालमा यस्ता ऐतिहासिक पर्यटकिय स्थलहरु धेरै छन् । तिनीहरुको उचित व्यवस्थापन गरेर देशको पर्यटन प्रवद्र्धन गर्न, विकासको गर्न आवश्यक रहेक बताइएको छ ।
भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी लगायत वरिष्ठ कलाकारहरुले अभिनय गरेका थिए ।

८ असार २०७४

वि.सं.२०७४ असार ८ बिहीवार १०:२९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...