back
NMB ad

एकैचोटी हाइड्रोको २८०० कित्ता सेयर लिने भए आजको दिनमै सबै काम सक्नुस् !

Kumari bank ad

काठमाडौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई निष्कासन गरेको ५ लाख ६० हजार कित्ता आइपीओ आज (बिहीबार) देखि बिक्री बन्द हुँदैछ । यसआधारमा आइपीओका लागि आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइनेछ ।

रैराङले जेठ २५ देखि कुल निष्कासित कित्तामध्ये प्रत्यक्ष रुपमा प्रभावित पाँचथरको थर्पु र ताप्लेजुङको साब्लाखु गाविसका स्थानीयलाई २ लाख २४ हजार कित्ता र बाँकी ३ लाख ३६ हजार कित्ता पाँचथर र ताप्लेजुङको अन्य गाविसका वासिन्दालाई बिक्री गरेको हो । रैराङको आइपीओमा एस क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम ५० देखि अधिकतम २८ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओका लागि पाँचथरको फिदिम स्थित सिभिल बैंक, माछापुछ्रे बैंक, एनआइसी एसिया र एनएमबि बैंकको शाखाबाट आवेदन दिन सकिनेछ । यसैगरी, सिभिलको मेदिबुङ बजार पाँचथर र एनएमबि बैंकको फुङ्गलिङ्ग ताप्लेजुङ शाखाबाट पनि आवेदन दिन पाइने व्यवस्था छ ।

कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ छ । पहिलो चरणमा जारी पुँजीको १० पतिशत सेयर आयोजना प्रभावित स्थानीयका लागि बिक्री गर्न लागिएको हो । यसपछि कम्पनीले १५ प्रतिशत सेयर कर्मचारी र सर्वसाधारणलाई लागि बिक्री गर्नेछ ।

प्रकाशित मितिः २०७४ असार ८

वि.सं.२०७४ असार ८ बिहीवार १२:२३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...