back
NMB ad

६ दिन भयो लुक्लामा उडान अबरुद्ध भएको,पर्यटकहरु अलपत्र !

Kumari bank ad

सोलुखुम्बु । तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला, सोलुखुम्बुमा बिगत ६ दिनदेखि कुनै हवाइ उडान नहुँदा बाहृय पर्यटक सहित स्थाानीय मारमा परेका छन् । सगरमाथा प्रवेशद्वारको एकमात्र विमानस्थलमा प्रतिकुल मौसमका कारण उडान नहुँदा सयौं यात्रुहरु अलपत्र परेका हुन् ।

बाक्लो हुस्सु तथा वर्षातका कारण पछिल्लो ४ दिनमा तारा एयरको मात्र १६ वटाभन्दा बढी उडान रद्ध भएका थिए । उडान अवरुद्ध हुँदा सयौं पर्यटक अलपत्र परेको तारा एयरका स्टेशन ईन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार तारा बाहेक अन्य एयरलायन्सले पर्यटकीय सिजन सम्पन्न भएपछि उडान बन्द गरेका छन् । आरोहणको सिजन सम्पन्न भएसँगै अन्य एयरलायन्सले पश्चिमतर्फ आफ्नो उडान केन्द्रित गरेपछि यात्रु मारमा परेका छन् ।

अन्य एयरलायन्सले पर्यटकीय सिजन बाहेक अन्य सिजनमा एउटै उडान नभर्दा स्थानीयले आक्रोश पोखेका छन् । असार २ गतेबाट तारा एयरले समेत मौसमका कारण उडान भर्न नसकेपछि अहिले बिदेशी तथा स्वदेशी यात्रुहरु पैदल यात्रा मार्फत सदरमुकाम सल्लेरी तर्फ अघि बढेका छन् ।

प्रतिकुल मौसमका कारण अहिले हेलिकोप्टरले समेत लुक्लामा बिमानस्थलमा उडान भर्न सकेको छैन । फाट्टफुट्ट रुपमा कुनै समय हेलिकोप्टरले बिमानस्थलबाट करिब एक घण्टाको दुरी तल रहेको सुर्केबाट यात्रुको उद्धार गर्ने गरेको बताइएको छ ।

फाईल फोटो

प्रकाशित मितिः २०७४ असार ८

वि.सं.२०७४ असार ८ बिहीवार १२:४३ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...