back
NMB ad

सरकार र आन्दोलनरत शिक्षकवीच ४ बुदेँ सहमति

Kumari bank ad

काठमाडौ । शिक्षा मन्त्रालय र आन्दोलनरत अस्थाई शिक्षक वीच ४ बुदें सहमति भएको छ । उप–प्रधान एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठ तथा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको उपस्थितिमा शिक्षामन्त्रालयबाट गठित वार्ता टोली र आन्दोलनरत अस्थाई शिक्षक र नेपाल शिक्षक महासंघवीच शुक्रबार शिक्षामन्त्रालयमा ४ बुदेँ सहमति भएको हो ।

सहमतिमा २०६१ साल साउन २२ देखि ७२ असोज २ सम्मको रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ औं प्रतिशतमा खुला विज्ञापनबारे आन्तरिक विज्ञापन पद संख्या समायोजनका लागि मन्त्रालयले थप गृहकार्य गर्ने र यसकालागि शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र आन्दोलनरत शिक्षकका प्रतिनिधि रहेको ११ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ ।

teacher 1
त्यस्तै शिक्षक बिज्ञापनको पाठ्यक्रम , प्रश्नपत्र ग्रीड र परीक्षलगायतका विषय सुधार गर्न थप गृहकार्य गर्ने , शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्था अनुसार सुबिधाका अतिरिक्त औषधि उपचार खर्चको पनि व्यवस्थ गर्न शिक्षा ऐन संशोधन प्रक्रिया अगाडी बढाउनुका साथैै काठमाडौको भद्रकालीमा बसेको अनशनलगायतका सम्पूर्ण आन्दोलन तत्काल फिर्ता लिने पनि सहमति भएको छ ।

आन्दोलनरत शिक्षकहरुले अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याएई स्थायी गरिनुपर्ने, शतप्रतिशत अस्थायी सेवा अवधिमा गणना गरिनुपर्ने, अवकाश प्राप्त अस्थायी शिक्षकलाई स्थायी शिक्षकसरहको औषधि उपचार र उपादान उपलब्ध गराउनुपर्ने र स्वेच्छिक अवकाश लिन चाहने अस्थायी शिक्षकलाई स्थायी शिक्षकसरह सेवा सुविधा प्रदान गरिनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए ।
मन्त्रालयमा भएको वार्ता अघि शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ भद्रकाली पुगि सात दिनदेखि अनशनरत ५ जना शिक्षकलाई जुुुस ख्वाई अनशन तोडाएका थिए ।

प्रकाशित मितिः २०७४ असार ९

वि.सं.२०७४ असार ९ शुक्रवार १७:५६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...