जान्नुहोस्,एफपीओ र बोनसको यो विषय तपाईका लागि जानकारीमूलक !

काठमाडौ । शिखर इस्योरेन्स कम्पनीले एफपीओ र बोनसको माध्यमबाट १ अर्ब चुक्ता पुँजी पुर्याउने भएको छ । कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

कम्पनीले गत वर्षको नाफाबाट ६० प्रतिशत बोनस सेयर दिइसकेको छ भने एफपीओका लागि धितोपत्र बोर्डमा निवेदन पनि दिएको छ । तर धितोपत्र बोर्डको नयाँ नियमले भने कुनै कम्पनीले एकपटक एफपीओ ल्याएको ५ वर्षपछि मात्र फेरि अर्कोपटक एफपीओ ल्याउन पाउने व्यवस्था गरेको छ । यसआधारमा शिखरले अनुमति मागे पनि अहिले एफपीओ ल्याउन नपाउने बोर्डले यसअघि नै बताइसकेको छ । तर कम्पनीको एफपीओ धितोपत्र बोर्डको पाइपलाइनमा पनि छ ।

हाल शिखरको चुक्ता पुँजी ८१ करोड ७६ लाख ६८ हजार ३०० रुपैयाँ छ । यसको बिमा कोषमा ५९ करोड १५ लाख ४२ हजार ९३३ रुपैयाँ छ ।

प्रकाशित मितिः २०७४ असार १२

२०७४ असार १२ गते १२:४५ मा प्रकाशित

You can share this post!

सीमा नाका ७२ घन्टाका लागि बन्द

नेप्सेमा ६४ लाख कित्ता सेयर सूचिकृत हुँदा कसको कति ?

Related posts