back
NMB ad

पाटन सङ्ग्रहालय विस्तार हुँदै

Kumari bank ad

ललितपुर । पाटन सङ्ग्रहालय विस्तार हुने भएको छ । अहिले केशवनारायण चोक र मूल चोकमा मात्रै रहेकामा सुन्दरी चोकसम्म फैलाउन लागिएको हो ।

सङ्ग्रहालयका प्रमुख सुरेश लाखेका अनुसार सुन्दरी चोकको माथिल्लो तलामा सङ्ग्रहालय फैलाउन लागिएको हो । अहिले प्रकाश संयोजनको काम भइरहेको छ । “एक /दुई महिनाभित्रै आगन्तुकका लागि सङ्ग्रहालय खुल्ला हुनेछ,” लाखेले भने । सङ्ग्रहालयमा भएका सामग्री फैलाउने भन्दा पनि नयाँ सामग्रीको सङ्कलन गर्ने काम भइरहेको छ ।

सुन्दरी चोकमा हात्तीको दाँतबाट बनेको झ्याल रहेको छ र त्यसलाई पहिलोपटक सर्वसाधरणले हेर्न पाउने उनको भनाइ छ । भित्ते चित्र प्रदर्शनीमा राखिनेछ । सिद्धिनरसिंह मल्लको समयमा बनेको झ्याल ऐतिहासिक रुपले महत्वपूर्ण छ । सङ्ग्रहालय क्षेत्र विस्तार गरिँदा आगन्तुकले घुम्ने धेरै ठाउँ हुने र ज्ञान धेरै पाउनसक्ने लाखे बताए ।

काठमाडौँ उपत्यका संरक्षण ट्रस्ट(केभीपीटी)ले प्रदर्शनीकक्ष बनाउने काम गर्ने भएको छ । प्रकाश संयोजन, सामग्रीको सङ्कलन लगायतका काम भने सङ्ग्रहालयले नै गर्ने बताइएको छ ।

प्रकाशित मितिः २०७४ असार १२

वि.सं.२०७४ असार १२ सोमवार १६:३९ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...