back
NMB ad

असार १९ गतेदेखि दराज केमु मोबाइल सप्ताह २०१७ सुरु हुँदै,५०%सम्म छुट

Kumari bank ad

काठमाडौ । दराज केमु प्रालिले आफ्नो अनलाइन प्लेटफर्ममा मोबाइल सप्ताह २०१७ सञ्चालन गर्ने भएको छ । नेपाल सहित दक्षिण एशियाली मुलुकहरु पाकिस्तान, बंगलादेश, श्रीलंका तथा म्यानमारमा विगत तीन वर्षदेखि अनलाइन प्लेटफर्ममार्फत विभिन्न समग्रीको अधिक व्यापार गर्दै आएको दराज केमु प्रा.लि.ले आफ्नो मोबाइल सप्ताह सञ्चालन गर्न लागेको हो । असार १९ देखि २३ गतेसम्म तदनुसार जुलाई ३ देखि ७ तारिखसम्म केमुडटकम डटएनपी (kaymu.com.np) मा मोबाइल सप्ताह आयोजना हुने भएको हो ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि दराज केमु प्रालिले मोबाइल सप्ताहका बारेमा जानकारी गराएको हो । असार १९ देखि २३ गतेसम्म केमुडटकम डटएनपी (kaymu.com.np) मा चल्ने अनलाइन मोबाइल सप्ताहमा अहिलेको बजार मुल्य भन्दा धेरै सस्तो मूल्यमा मोबाइल खरिद गर्न सकिने छ ।

सप्ताह अवधिभर अनलाइन स्टोरमा नेपालमा अधिक प्रयोगमा रहेका सबै ब्राण्डका मोबाइलहरु ५० प्रतिशतसम्म छुटमा किन्न पाइन्छ । यसका अलावा केमु डटकमडटएनपी बाट मोबाइल सप्ताह अवधिमा विभिन्न ब्राण्डका मोबाइल खरिद गर्ने ग्राहलाई आकर्षक उपहार पनि प्रदान गरिनेछ । उक्त अवधिमा मोबाइल खरिद गर्ने ग्राहकलाई थप नगद छुट साथै मोबाइल डाटा पनि निशुल्क उपलब्ध गराइने दराज केमुका प्रबन्ध निर्देशक राजिव अमात्यले बताए ।

सन् २०१६ मा ब्ल्याक फ्राइडे नामक अनलाइन शपिंग इभेण्टको अपार सफलता पछि दराज केमुले मोबाइल सप्ताह २०१७ आयोजना गरेको हो । उक्त मोबाइल सप्ताहमा सामसुंग, वान प्लस, माइक्रोम्याक्स, एप्पल, हुवावे, नोकिया, जोप्पो, ओप्पे लगायत अन्य धेरै ब्राण्डका मोबाइलहरु सहज रुपमा सुपथ मूल्यमा अनलाइन प्लेटफर्मबाट किन्न सकिनेछ । यसका साथै मोबाइलका अन्य उपकरणहरु इयरफोन, ब्लुटुथ, साउण्ड सिष्टम, पावर बैंक लगायतका सामग्री पनि मोबाइल सप्ताहको आकर्षण्का रुपमा रहने छन् ।

यस अघि आयोजना भएको व्ल्याक फ्राइडे इभेण्टमा केमु डटकम डटएनपीमा लाखौंको संख्यामा अनलाइन भिजिट आएको थियो । यसैको सफलताले आगामी दिनमा पनि अनलाइन प्लेटफर्ममा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्न आफुहरु उत्साहित भएको प्रबन्ध निर्देशक अमात्यले बताए ।

मोबाइल सप्ताह अवधिमा केमु डटकमडटएनपी भिजिट गरि आफुलाई आवश्यक पर्ने कुनै पनि मोबाइल तथा अन्य सामग्री सुपथ मूल्य खरिद गर्न सकिने छ ।

प्रकाशित मितिः २०७४ असार १२

वि.सं.२०७४ असार १२ सोमवार १७:२८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...