back
NMB ad

मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म स्थापना गरिने

Kumari bank ad

काठमाडौ । पशुपक्षी विकास मन्त्रालयले पश्मिना उत्पादनलाई प्राथमिकतामा राखेर मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म स्थापना गर्ने भएको छ । मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को सहयोगमा उक्त स्थानमा तीनसय च्याङ्ग्रा पालनका लागि व्यवस्था गर्न लागेको हो । केही स्थानीय नश्ल, तथा केही तीब्बती नश्लका च्याङ्ग्रा ल्याइने सो फारम स्थापना गर्न एक हजार रोपनी जग्गाको प्रबन्ध भइसकेको छ ।

उक्त स्थानमा च्याङ्ग्रा पालनका लािग घाँसखेती तथा बस्नका लागि टहरा व्यवस्थित गरेपछि दक्ष जनशक्तिको समेत व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलका अनुसार राम्रो पश्मिना उत्पादनका लागि च्याङ्ग्राको छनोट तथा राम्रो उत्पादन गर्न नसक्ने ठिमाहा खालका च्याङ्ग्रा मासुका लागि प्रयोग गर्नका लागि वर्गीकरण गरिने छ ।

आगामी आवभित्र सम्पन्न गरिने उक्त आयोजनाको प्रारम्भिक अध्ययन तथा स्थानीय सरोकारवालासँग छलफल सम्पन्न भइसकेको छ । स्थानीयवासी सो आयोजना चाँडो पूरा गर्नका लागि मन्त्रालयलाई सहयोग गर्न सकारात्मक रहेको प्रवक्ता पौडेलले बताए ।

करिब रु तीन करोडको लागतमा तयार हुने अनुमान गरिएको आयोजनाका लागि यस वर्ष रु एक करोड विनियोजन गरी प्रारम्भिक कार्यका लागि केही खर्च समेत गरिएको छ ।

प्रकाशित मितिः २०७४ असार १३

वि.सं.२०७४ असार १३ मंगलवार १४:४१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...