back
NMB ad

सेयर ब्रोकरहरुबाट जसरी नि कर असुली गरिछाडछौंःविभाग,ब्रोकरहरु बोर्डतिर !

Kumari bank ad

काठमाडौ । सरकारले ब्रोकर कमिसनमा भ्याट लगाउने निर्णय गरेपछि बिहीबार सेयर कारोबार प्रभावित हुने भएको छ । ब्रोकरहरु कारोबार गर्न छाडेर छलफल गर्न भन्दै पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डतिर लागेका छन् ।

सरकारले केही ब्रोकरहरुलाई कर निर्धारण गरिसकेको छ । यथाशीघ्र भ्याटमा दर्ता हुनु भनेर ब्रोकरहरुलाई पत्र पनि काटिसकेको अवस्था छ । नीतिगत अस्पष्टता भयो । यस्तो अवस्थामा सेयर कारोबार गर्न सकिंदैन, एक ब्रोकरले नेपाली पैसासँग भने । कमिसनमा १३ प्रतिशत भ्याट लगाउँदा काम गर्न नसकिने ब्रोकरहरुको दाबी छ । सरकारले ब्रोकरले पाउने कमिसनमा १३ प्रतिशतका दरले भ्याट तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो ।

ब्रोकर्स एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले करका विषयमा छलफल गर्न एसोसिएसनको नेतृत्वमा धितोपत्र बोर्डमा छलफल गर्न लागिएको बताए । भ्याट लगाउन भनेर पत्र काटिसकेको अवस्था छ, यसले गर्दा अन्योल उत्पन्न भएको उनले बताए । आन्तरिक राजस्व कार्यालयले केही ब्रोकरहरुलाई कमिसनमा भ्याट तिर्नू भन्दै पत्र काटेको हो । त्यसो त यसअघि महालेखा परीक्षकको कार्यालयले ब्रोकर कमिसनमा भ्याट नलागएको भन्दै यसलाई बेरुजुमा राखेको थियो । सोही बमोजिम अर्थमन्त्रालयले ब्रोकर कमिसनमा भ्याट लगाउने निधो गरेको हो ।

सेयर दलालहरुलाई भ्याट रकम बुझाउन र भ्याटमा दर्ता हुन २०६९ सालमै पत्राचार गरिएको भएपनि अहिले पनि कयौं सेयर दलालहरु भ्याटमा दर्ता नभई कमिशन असुलेर कारोबार गरिरहेको भन्दै आन्तरिक राजश्व बिभागले कर असुली गर्नबाट पछि नहट्ने बताएको छ ।

प्रकाशित मितिः २०७४ असार १५

वि.सं.२०७४ असार १५ बिहीवार १२:०५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...