back
NMB ad

साउदी अरेबियाले वार्ता गर्न मानेन,कतारद्वारा निन्दा !

Kumari bank ad

अरब क्षेत्रमा उत्पन्न समस्या समाधानको विषयमा वार्ता गर्न साउदी अरेबियाले अस्वीकार गरेपछि प्रतिबन्ध खेपिरहेको कतारले त्यसको निन्दा गरेको छ । साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतार समक्ष प्रतिबन्ध हटाउनका लागि १३ बुँदे माग गएको शुक्रबार राखेका थिए ।

१० दिनको समयसहित गरिएको माग कतारले पूरा गर्न अस्वीकार गरेको थियो । तर मागका विषयमा छलफल भने गर्न सकिने बताएको छ । साउदी अरेबियाले भने आफूहरुले त्यसमा वार्ता गर्न नसक्ने र आफूहरुको माग राखिसेकेको बताएको थियो । साउदी अरेबियासहितका देशले कतारको टेलिभिजन नेटवर्क अल जजिरा बन्द गर्नु पर्ने, इरानसँगको सम्बन्ध कम गर्नु पर्ने, र्टर्कीसँगको सैन्य गठबन्ध बन्द गर्नु पर्नेसहितका माग राखेका छन् ।

साउदी अरेबियाका विदेशमन्त्री अब्देल अल–जुबेरले आफूहरुका माग वार्ता गर्नु पर्ने खालका नरहेको भन्दै कतारको वार्ता प्रस्ताव मंगलबार अस्वीकार गरेका थिए । यसको कतारका विदेशमन्त्री शेख मोहम्मद अल–थानीले निन्दा गरेका हुन् । वार्ता अन्तर्राष्ट्रिय सम्बन्धको आधार रहेकाले यसबाट कोही पनि भाग्न नमिल्ने उनको भनाई छ ।

कतारले आतंकवादलाई सहयोगका गरेको भन्दै झण्डै तीन हप्ताअघि उसमाथि छिमेकी देशले प्रतिबन्ध लगाएका छन् । तर कतारले भने आरोप अस्वीकार गर्दै आएको छ । तेलमा धनी देश कतार खाद्यान्नसहितका आधारभूत बस्तुमा भने छिमेकी देशमा भर पर्दै आएको छ ।

प्रकाशित मितिः २०७४ असार १५

वि.सं.२०७४ असार १५ बिहीवार १३:२८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...