back
NMB ad

गाउँपालिका अध्यक्ष नै गोरु साउन थालेपछि साँसद बिउ बाँड्दै….(फोटोफिचर)

Kumari bank ad

रबिना पौडेल,धादिङ । गाउँपालिकाका अध्यक्ष नै ह ह माले……..भन्दै गोरु साउन थाले ।Thakre Ropai (1)

यो दृष्य हो धादिङ जिल्लाको थाक्रे गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामकुमार आचार्यको ।स्थानीय गाउँको आईतबहादुर राईको ५ रोपनी खेतमा गोरु साउँदै गर्दा उनी गाउँपालिका अध्यक्ष नै होईनन् कि भन्ने सबैलाई लागिरहेको थियो । तर नझुक्किनुस् उनी थाँक्रे गाउँपालिकाका अध्यक्ष नै हुन् ।Thakre Ropai (21)

उनी मात्रै होईन,साँसद एवं पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर, एमाले धादिङ जिल्ला कमिटी अध्यक्ष भूमि त्रिपाठी, एमालेका नेता नेत्रराज पौडेल, गाउँपालिकाका वडा अध्यक्षहरु,लगायत नेतृत्वहरु कृषिप्रधान मुलुककको विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै हिलो छ्यापाछ्याप गर्दै रोपाई गर्न उत्रिए ।Thakre Ropai (20)Thakre Ropai (9)गाउँपालिकाको केन्द्र महादेवबेशी नजिकै बालुवाफाँटमा देखिएको दृष्य हो यो । यो दृष्य साँच्चै हेर्नलायक नै थियो । नपत्याए हेर्नुहोस् त आम नागरिक एवं बिधार्थीहरुले यो रोपाईको टाढैबाट मज्जा लिईरहेका देखिन्थे ।

Thakre Ropai (2) Thakre Ropai (12) Thakre Ropai (22)

गाँउपालिकाको आयोजनामा भएको उक्त रोपाई मेलाका प्रमुख अतिथि पूर्व शिक्षामन्त्री एवं साँसद गंगालाल तुलाधरले गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेतीलाई धानको बिउ हस्तान्तरण गर्दै रोपाई मेला सुरु गरिएको उद्घोष गरे ।

मेलामा पञ्जेबाजासहति मानिसहरु हिलोमा नाच्दै थिए ।Thakre Ropai (18)

Thakre Ropai (19)Thakre Ropai (3)Thakre Ropai (16)Thakre Ropai (13)

कृषि कर्ममा लाग्नेहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको मेला मिलीजुली महिला बचत तथा ऋण सहकारी सँस्था, बालुवा फाँटआई पि एम कृषक समुह, कृष्ण भञ्याङ कृषक समुह, सिड्स धादिङ, न्याईक संसार र सहयात्री समाज धादिङको सहयोगमा सम्पन्न भएको हो ।

Thakre Ropai (4) Thakre Ropai (8)

कृषिक्रान्तीको कुरा गर्दै गाँउपालिकाले कृषकलाई प्रोत्साहन गर्नु राम्रो कुरा हो । अब यो विषय बाँकी छ, बिहिबार सम्पन्न आईतबहादुरको उक्त खेतमा फल्ने धान लटरम्म झुलेर रोपाई गर्न सबैजना धान काट्न जम्मा हुन्छन् कि हुँदैनन् ? अनि उनको खेतमा पोहोर÷परार भन्दा बढि धान फल्छ कि फल्दैन ? सिंचाई र मलको अभावमा उनले छट्पटाउनुपर्ने दिन नआओस्, नेतृत्वले पनि यस कुरामा समयमै ध्यान देओस्, हाम्रो पनि शुभकामना !

प्रकाशित मितिः २०७४ असार १६

वि.सं.२०७४ असार १६ शुक्रवार १६:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...