back
NMB ad

वर्षायामसँगै कालीगण्डकीमा जलयातायात अवरुद्ध

Kumari bank ad

पर्वत । मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयातायात (स्टिमर)वर्षायामसँगै अवरुद्ध भएको छ ।

नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्टिमर बन्द गरिएको हो । यातायात सेवा अवरुद्ध भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले चार घण्टा लामो यात्रा गर्नुपरेको छ ।

विगत १७ वर्षदेखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि दर्जनौं गाविसका बासिन्दाले नौ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षात्को समयमा भने तीन महिना अवरुद्ध हुने गरेको हो ।

दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित साविकको शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मीसम्म करिब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वतका दक्षिणवर्ती क्षेत्रका बासिन्दाका साथै गुल्मी र स्याङ्जाका गरी २५ भन्दा बढी गाविसवासीले सहज रुपमा यात्रा गर्नुका साथै मालसामान ओसारपसार गर्दै आएका थिए ।

यातायातको पहुँच नभएको तीनवटै जिल्लाका त्यस क्षेत्रका लागि स्टिमर सेवा बरदान साबित भए पनि वर्षायाममा भने सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । पानीको सतह घटेपछि मात्र स्टिमर सञ्चालनमा आउने व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । असोजको दोस्रो सातापछि पानीको सतह कम हुने भएकाले त्यसपछि मात्र सञ्चालन गर्छौं उनले भने ।

यातायात अवरुद्ध हुँदा दैनिक आधाघन्टामा सकिने यात्रा चार घन्टाको पैदल यात्रा हिँडेर स्याङ्जाको मिर्मीसम्म पुग्न बाध्य भएका छन् । हिउँदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यवसायीले वर्षामा खच्चरमार्फत महँगो शुल्कमा सामान ढुवानी गर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

पहिले कालीगण्डकीमा ताल बन्दा बजार डुबानमा पर्ने चिन्ता गर्नेहरुका लागि अहिले त्यही जलाशय बरदान जस्तै बनेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । जलाशयमा दैनिक रुपमा सञ्चालित आठवटा स्टिमर अहिले ठप्प छन् । स्टिमरमा २४ जनाले प्रत्यक्ष रुपमा र दर्जनौँ व्यक्तिले अप्रत्यक्ष रुपमा रोजगारीको अवसरसमेत पाएका छन् ।

हिउँदको समयमा सहज रुपमा यातायात सेवा पाए पनि वर्षायामका तीन महिना भने सास्ती नै खेप्नुपर्ने अवस्था आएको न्यौपानेले बताए । स्टिमर सञ्चालन हुँदा प्रतिकिलो ५० पैसामा ढुवानी गर्दै आएका व्यवसायी खच्चरबाट प्रतिकेजी रु चारमा सामान ढुवानी गर्न बाध्य भएका छन् । कालीगण्डकी जल यातायात समितिका सचिव हरिप्रसाद भट्टराईका अनुसार “पहिले डुङ्गा र साना स्टिमर भए पनि अहिले मालबाहक ट्रकको इन्जिन र जिपका इन्जिन राखेर सञ्चालन गरिँदै आएको छ ।” यसले मालबाहक ट्रककै जस्तै वाहन क्षमता राख्दछ । रासस
फाईल फोटो

प्रकाशित मितिः २०७४ असार १८

वि.सं.२०७४ असार १८ आइतवार १६:५२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...