back
NMB ad

चिनियाँ र अमेरिकी राष्ट्रपति फोनवार्ताः कोरियाली प्रायद्वीपलाइ तनाव

Kumari bank ad

बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान चिनियाँ राष्ट्रपति सि चिनफिङसँग फोनवार्ता गरेको छ ।

उनीहरुबीच सोमबार बिहान फोनवार्ता भएको समाचार चिनियाँ सञ्चारमाध्यमले दिएका छन् ।

चिनियाँ सञ्चारले अमेरिकी राष्ट्रपति ट्रम्पले सो फोनमा गत अप्रिलमा फ्लोरिडामा भएको द्विपक्षीय भेटवार्तापछि अमेरिका र चीन सम्बधमा राम्रो प्रगति भएको जनाएको जानकारी दिएका छ ।

गत अप्रिल महिनामा चिनियाँ राष्ट्रपति चिनफिङ अमेरिकाको भ्रमणमा गएका बेलामा उनीहरुबीच भेटवार्ता भएको थियो । यी २ देशबीचका कैयौँ असमझदारीहरु हटाउन यस भेटवार्तामा सहयोग पुगेको बताइएको थियो ।

तर चिनियाँ राष्ट्रपति चिनफिङले भने यी २ देशको सम्बन्धमा केही नकारात्मक कुराहरुले प्रभाव परिरहेको धारणा राखेका छन् । उनलाई उद्धृतगर्दै सिसीटिभीले जनाएको छ ।

उनले चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले भने ताइवानका लागि अमेरिकाले करिब १ अर्ब ३ करोड अमेरिकी डलर बराबरको हतियार बिक्रीगर्ने सम्बन्धी प्रस्तावमा स्वीकृति दिएकम छन् ।

त्यस विषयलाई पनि चिनियाँ राष्ट्रपतिले उनीसँगको फोनमा उठाएका थिए । समाचारमा जनाइएअनुसार ताइवानलाई हतियार बेच्ने प्रस्तावसँगै चीनको एक चीन नीतिको सिद्धान्तको सम्मान अमेरिकी राष्ट्रपतिले गर्ने छन् भन्ने विश्वास आफूलाई लागेको बताए ।

साथै सो फोनवार्तामा आसन्न जि२० बैठकका बारेमा पनि कुराकानी भयो । उक्त बैठकमा यी २ देशका साझा मुद्धामा सो फोनवार्तामा कुराकानी भएको हो । तर ती एजेण्डा के हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

सो फोनवार्ताका क्रममा उनले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणका साथै सो परीक्षणका कारण कोरियाली प्रायद्वीपमा जारी प्राय सधैँको तनावपूर्ण अवस्थाका बारेमा पनि कुराकानी गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो विषयमा जानकारी दिएको छ । उनले चीनसँग उत्तर कोरियाका विषयमा पनि फोनमा कुराकानी गरेको समाचारमा जनाइएको छ ।

चीनका कारण कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि सहयोग पुग्न सक्ने अनुमान गरिएको अमेरिकी भनाई रही आएको छ । त्यसैले कोरियाली प्रायद्वीपका बारेमा पनि फोनमा कुराकानी भएको ह्वाइट हाउसले जानकारी दिएको छ ।

उता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनको हालै सम्पन्न अमेरिका भ्रमणका क्रममा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गरेको बताए ।

कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवम् वार्ता गरेको कोरियाली प्रायद्वीपमा शान्तिका लागि सहयोग पु¥याएको उनको धारणा छ ।

उत्तर कोरियाले पछिल्लो केही समययता आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरिया र अमेरिकाको विरोधका अभिव्यक्तिहरु पनि उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको विश्व समुदायको प्रतिक्रिया छ ।

उत्तर कोरियाले अमेरिकाका विरुद्धमा पनि जुलुस प्रदर्शन गरी अमेरिकाको कडा आलोचना गरेको थियो । हालैको यस घटनाका बारेमा भने अमेरिकाको सार्वजनिक प्रतिक्रिया आएको छैन ।

गत हप्ता भएको यस विरोधपछि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबारे झन चासो लिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उनले आपूm राष्ट्रपति भएदेखि नै अमेरिकाको कोरियाली नीतिमा चासो बढाएका हुन् ।

वि.सं.२०७४ असार १९ सोमवार १३:१९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...