back
NMB ad

दुई बैंकको हकप्रद सेयर निष्काशनबारे जान्नुहोस्

Kumari bank ad

काठमाडौ । पूर्णिमा विकास बैंकले आज अर्थात् सोमबार देखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले ४ः१ अनुपातमा १०० रुपैयाँ दरको ८ लाख ८० हजार ९६२.८२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

उक्त हकप्रद सेयर साउन २२ गतेसम्म भर्न पाइनेछ । यसका लागि जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । पूर्णिमाको हकप्रदमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल र सिद्धार्थ बैंकको देशभरिका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसैगरी, पूर्णिमा विकास बैंकको भैरहवा, रुपन्देहीलगायत यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । हाल पूर्णिमाको चुक्ता पुँजी ३५ करोड २३ लाख ८५ हजार १३१.६७ रुपैयाँ छ । हकप्रद बाँडफाँटपछि बैंकको चुक्ता पुँजी ४४ करोड ४ लाख ८१ हजार ४१४ रुपैयाँ पुग्नेछ ।

यता कावेली विकास बैंकको दुई बराबर एकको अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद निष्काशन हुने भएको छ । बैंकलाई हकप्रद निष्काशनको लागि नियामक निकाय धितोपत्र बोर्डले असार १८ गते अनुमति प्रदान गरेको छ ।

बैंकले सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ५० लाख ८८ हजार रुपैयाँ बराबरको तीन लाख ५० हजार आठ सय ८० कित्ता शेयर निष्काशन गर्ने भएको हो । बैंकले हकप्रद शेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

५० प्रतिशत हकप्रद बिक्रीपश्चात बैंकको चुक्तापूँजी करिब दश करोड ५० लाख रुपैयाँँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ असार १९

वि.सं.२०७४ असार १९ सोमवार १४:१० मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...