माछापुच्छ्रे बैंकको १०० रुपैंया अंकित लाखौं कित्ता सेयर निष्काशन हुँदै,कहाँबाट आबेदन दिने?

काठमाडौ। माछापुच्छ्रे बैंकले १२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले प्रति शेयर १०० रुपैयाँको दरमा ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो।

गत जेठ १५ गतेसम्म कायम भएका शेयर धनीले १० कित्ता बराबर १.२ कित्ताको अनुपातमा साउन ५ देखि भदौ ७ सम्म आवेदन दिन सकिने निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।

माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखा एवं एनएमबि क्यापिटल नागपोखरीबाट शेयरमा आवेदन दिन सकिने जनाइएको छ। बैंकको चैत मसान्तसम्मको चुक्ता पूँजी ६ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा हकप्रद शेयर निष्काशन पछि ७ अर्ब ३९ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मितिः २०७४ असार १९

२०७४ असार १९ गते १५:०९ मा प्रकाशित

You can share this post!

दुई बैंकको हकप्रद सेयर निष्काशनबारे जान्नुहोस्

सुधारको बाटोमा नेप्से,सोमबार सूचक उकालो लाग्यो

Related posts