अघि लागे हमाल : के धनगढीमा मकै फल्ने नै भो त ?

काठमाडौँ । काँग्रेसको पक्कड क्षेत्र मानिने धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले एका एक अग्रता लिएसंगै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा मकैको बोट भाइरल बनेको छ । मकै चुनाव चिन्ह भएका गोपी हमाल यतिबेला चर्चाको शिखरमा पनि छन् । उनले काँग्रेस गढमा आफ्नो बलियो उपस्थिती माज्ञ जनाएनन् साँढे तीन सय मतले उछिन्दै जितको दिशामा लम्किएका छन् । भर्खरै प्राप्त नतिजामा स्वतन्त्र मेयरका उम्मेदवार हमालले ५९२८ मत पाएका छन् । उनलाई पछ्याउन शुरु गरेका काँग्रेसका उम्मेदवार नृप वडले ५५८० मत पाएका छन् । यति बेला हमालले मत बढाउँदै लगेपछि मकै चिन्ह चर्चामा पुगेको छ ।
धनगढी उपमहानगरपालिका अपडेट
मेयर / उपमेयर
स्वतन्त्र (गोपि हमाल) : ५९२८
कांग्रेस : ५५८०/६९०८
एमाले : ४२४९/५६१२
माओवादी : ३२८५/४१६४
बदरमत
मेयर : १६६४
उपमेयर : १२८६

२०७४ असार २० गते १९:०४ मा प्रकाशित

You can share this post!

गोला थुतेरै अध्यक्ष जित्ने यी हुन् भाग्यशाली मेनुका !

धनगढीमा हमालको कमाल : यस्तो छ मत परिणाम !

Related posts