केही दिन अघि तीव्र गतिको रेल सञ्चालनको समाचारले सन्सनी मच्चाएको चीनले बेइजिङ–शाङहाई लाइनमा शनिवारदेखि २५० किलोमिटरको गतिमा कुद्ने बुलेट रेल विकास गरेको छ। चीनले रेल यातायातको सुविधामा अनेकन योजनाहरू ल्याइरहेको समयमा यो रेल निकै आरामदायी भएको बताइएको छ ।
छिङताउको स् फाङ कम्पनी लिमिटेडले प्रस्तुत गरेको यो रेल तुलनात्मक रूपमा अझै आरामदायी भएकाले यात्रुहरूको ध्यानाकर्षण बढेको छ । यो रेल पहिलाको मोडल भन्दा ३७ प्रतिशत ठूलो छ भने ८८० जनाले यात्रा गर्न सक्नेछन्।
हल्लाखल्ला पनि कम हुने यस रेलका शयन कक्ष पनि झन् आरामदायी छन्। चाइना डेलीका अनुसार यो रेल बेइजिङ साउथ रेलवे स्टेशनमा रोकिनेछ।
प्रकाशित मितिः २०७४ आर २१
वि.सं.२०७४ असार २१ बुधवार १३:२२ मा प्रकाशित