काठमाडौ। २८ र २९ गते राष्ट्रिय स्तरका दुई विकास बैंकको बैकिङ कारोबार बन्द हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुन लागेको एस डेभलपमेन्ट बैंकले २८ गते कारोबार बन्द हुने जनाएको छ ।
यो बैंक २९ गतेदेखि इन्भेष्टमेन्ट बैंकमा गाभिएर एकिकृत कारोबार हुँदैछ ।
त्यस्तै, सिद्धार्थ डेभलपमेन्ट बैंकले २९ गते कारोबार बन्द गर्ने जनाएको छ । यो बैंक जनता बैंकसँग गाभिदैछ । यस बैंकका ग्राहक तथा सेयरधनी ३० गतेदेखि जनता बैंकका ग्राहक तथा सेयरधनी हुनेछन् ।
दुबै बैंकले डाटा एकिकृत गर्ने प्रयोजनको लागि एकिकृत कारोबार हुनुभन्दा एक दिनअघि बैकिङ कारोबार बन्द गरेको बताएका छन् ।
प्रकाशित मितिः २०७४ असार २७
वि.सं.२०७४ असार २७ मंगलवार १४:०२ मा प्रकाशित