भारतको चर्चित कफी ब्रान्ड क्याफे कफी डे नेपालमा

काठमाडौ । कफीको पारखीहरुका लागि भारतको चर्चित ब्रान्ड क्याफे कफी डे ले नेपालमा आफ्नो पहिलो शाखा जावलाखेलमा सुरुवात गरेको छ । बिषेश कार्यक्रमका बीच आज भारतीय राजदुत मन्जित सिहं पुरी को प्रमुख आतिथ्य तथा मिस नेपाल नितिका चन्डकले क्याफे कफी डेकोे नेपालको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै भारतीय राजदुत मन्जित सिहं पुरी भारतको चर्चित ब्रान्ड क्याफे कफी नेपालमा शाखा बिस्तार भएकोमा खुशी व्यक्त गर्दै यसले कफीको पारखीहरुको रुचिमा उत्कृष्ट टेवा पुग्नेमा आफु विश्वस्त रहेको जानकारी गराए । क्याफे कफी डे लाई नेपालमा स्ताभ्य हस्पटालिटीले भित्रयाएको छ भने भबिष्यमा देशै भरि क्याफे कफी डे शाखाहरुको बिस्तार गर्ने योजना रहेको कम्पनीले जजनाएको छ ।

प्रकाशित मितिः २०७४ असार २७

२०७४ असार २७ गते १७:०१ मा प्रकाशित

You can share this post!

मंंगलबार सेयर बजारमा हरियाली,परिसूचक ९ अंकले बढ्यो,नबिल बैंकको कारोबार उच्च

वैदेशिक रोजगार व्यवसायी संघमा जित्ने यस्तो छ दाबी

Related posts