back
NMB ad

बालपत्रिका प्रकाशनको लागि सांगितिक कार्यक्रमको आयोजना

Kumari bank ad

चितवन । बेटर चितवन अभियानले श्रावण १४ गते बि पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा “जुनकिरी” सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । चितवनकै पहिलो मासिक बाल पत्रिका प्रकाशनको लागि कोष खडा गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

बेटर चितवन अभियानले नियमित रुपमा बाल नेतृत्व तालिम साथै बाल स्वयमसेवी कार्यक्रम गर्दै आएको छ । अभियानका संस्थापक संयोजक सागर कार्कीका अनुसार बालबालिकाहरुलाई अझै रचनात्मक बनाउन र उनीहरुमा पढ्ने बानीको बिकास गर्न बालपत्रिकाको प्रकाशन गर्न लागेको हो ।

पत्रिका निःशुल्क विद्यार्थीिलाई उपलब्ध गराउने र पत्रिका मार्फत ३ सृजनशील युवाहरुलाई रोजगारको पनि व्यवस्था गरिने अभियानका संयोजक कार्कीको भनाई छ ।

ग्रेस ईन्टरनेशनल चितवनको प्रमुख प्रायोजनमा आयोजना हुन लागेको कार्यक्रममा एन जि टी मोबाईल र अटो डेकरले सह प्रायोजन गरेको छ ।

नेपाल आईडलका टप १८ प्रतियोगी बिद्या तिवारी र अप्सर अलीको विशेष प्रस्तुति रहने कार्यक्रममा चितवन आईडलका बिजयीहरु सुजन चापागाई, सुबास तिम्सीना, असेस बराली र युवा गायक अभिशेक क्षेत्री लगायत स्थानिय गायकहरुको लाईभ सांगितिक प्रस्तुती रहनेछ ।

अभियानले लामो समय देखि चितवन लगायत छिमेकी जिल्लाहरुमा निकै सकृयता पुर्वक युवा, बालबालिका, वातावरण, स्वास्थ्य र शिक्षाका सुधारका निम्ति विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै अइरहेको छ ।

यसले बेटर स्कुल कार्यक्रमका उपहार न्यानो माया मार्फत १७ र भाग्य बोक्ने झोला कार्यक्रम मार्फत ९९ जना धादिङका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिसकेको छ ।

प्रकाशित मितिः २०७४ असार २९

वि.सं.२०७४ असार २९ बिहीवार १२:०२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...