back
NMB ad

तीन संस्थाको १३०%,१००% र ३०% हकप्रद शुक्रबारबाट खुल्यो !

Kumari bank ad

काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा शुक्रबारदेखि आवेदन खुल्ला भएको छ । सप्तकोशीले १३० प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सले १०० प्रतिशत र कञ्चन डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेका हुन् ।

सप्तकोशी डेभलपमेन्ट बैंक

सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद सेयरमा असार १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न सक्नेछन । बैंकले एक सय रुपैयाँ अंकित मूल्यको २७ लाख ४३ हजार कित्ता हकप्रद जारी गरेको छ । सप्तकोशीको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गरेको छ ।

हाल सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ । १३० प्रतिशत हकप्रद जारीपश्चात बैंकको चुक्ता पूँजी ४८ करोड ५३ लाख रुपैयाँ पुग्नेछ ।

लुम्बिनी जनरल इन्स्योरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्सले १ः१ को अनुपातमा ३९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रदका लागि लगानिकर्ताले भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । लुम्बिनीको हकप्रदमा असार १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय डिल्लीबजार काठमाडौ तथा लुम्बिनीको सेयर रजिष्ट्रार एस क्यापिटल लालदरबार काठमाडौबाट पनि आवेदन दिन सक्नेछन् । कम्पनीले सीबीआइएल क्यापिटलमा चेकमात्र र हकप्रद सेयर हक हस्तान्तरण गरी लिएका सेयरधनीको आवेदन एस क्यापिटलबाट मात्र लिने व्यवस्था गरेको छ ।

यसैगरी, सिटिजन्स बैंकको उपत्यका भित्रका ठिमी, कुपन्डोल, बौद्ध र कलंकी शाखा तथा उपत्यका बाहिर बिर्तामोड, विराटनगर, धरान, वीरगंज, नारायणगढ, जनकपुर, बुटवल, पोखरा, नेपालगंज, धनगढी र महेनद्रनगर शाखाबाट आवेदन दिन पाइनेछ ।

कञ्चन डेभलपमेन्ट बैंक

कञ्चन डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रदमा जेठ ३१ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न सक्नेछन् । कञ्चनको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ४५ करोड चार लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ असार ३०

वि.सं.२०७४ असार ३० शुक्रवार १२:४९ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...