back
NMB ad

एम्कोले भित्र्यायो विश्वस्तरका नयाँ शक्तिशाली ब्याट्रिहरु

Kumari bank ad

काठमाडौ । नेपालको लागि एम्को व्याट्रिको अधिकृत विक्रेता तथा सेवाप्रदायक वितरक कम्पनी बौद्ध इन्टरप्राइजेज प्रा. लि. ले एम्को ब्याट्रिको नविन प्रविधिका विशिष्ट तथा विश्वस्तरिय नयाँ ब्याट्रिहरु बजारमा ल्याएको घोषणा गरेको छ । ती ब्याट्रिहरुलाई AMCO MAXLASTTM, AMCO SUPER STARTTM, AMCO ULTRA LIFETM, AMCO NEXGENTM, AMCO ENDURATM ब्राण्ड नामबाट बजारमा भित्राइएको पत्रकार सम्मेलनमार्फत जानकारी दिईयो ।

एम्को ब्याट्रिको नेपालको लागी आधिकारीक विक्रेता बौद्ध इन्टरप्राइजेजले एम्कोका उत्पादनहरुको बारेमा थप जनचेतना फैलाउन वेभ तथा मोबाइल एप्सका साथै लोयल्टी आधारीत खुद्राव्यापार उपहार कार्यक्रम पनि सुरुवात गरेको छ । यो वेभ तथा मोबाइल एप्सलाई बौद्ध इन्टरप्राइजेजको वेभसाइट www.baudhaenterprises.com.np वा गुगल प्ले स्टोरबाट “AMCONEPAL” आफ्नो मोबाइलमा सिधै डाउनलोड गर्न सकिन्छ ।

एम्को ब्याट्रि लिमिटेड ६० वर्ष लामो वृहत अनुभव बटुलेको कम्पनी हो । बजारमा रहेका प्रमुख दुई पाग्रें र ट्रा्यक्टर निर्माण कम्पनीहरु जस्तै TVS Motors, Bajaj Auto, Hero MotoCorp, Honda, Suzuki, Royal Enfield, Yamaha, International Tractors, TAFE तथा TMTL ले आफ्ना उत्पादनहरुमा कम्पनीबाटै एम्को ब्याट्रि जडान गरि बजारमा पठाउने गरेका छन् ।

कार्यक्रममा एम्को ब्याट्रि लिमिटेडका कार्यकारी निर्देशकले एस. रामाचन्द्रनले “आज हामीले बजारमा भित्राएका विद्युतिय उत्पादनहरुको कार्यक्षमताको तुलनामा अरु नरहेको र जे.आइ.एस. विशिष्टिकरण अन्तर्गतको हेभि लोड बहन क्षमता जा“चमा उल्लेखनिय मात्राले अगाडि पाइएको छ । यी उत्पादनहरु साँच्चै नै बजारमा पाइने अरु समान उपकरणहरुको तुलनामा विशिष्ट श्रेणीका छन् ।” भने । व्यापार तथा बजारीकरण शाखा (शेल्स तथा मार्केटिङ्ग)का उपप्रमुख आर. श्रावन कुमारले “एम्कोको लागी नेपाल आधिकारीक बिक्रेता बौद्ध इन्टरप्राइजेजसंग सहकार्य गर्न पाउँदा हामी निकै गर्वान्भित भएका छौं । हाम्रो नेपाल एम्बेसेडरसंगको सहकार्यमा नेपालका ग्राहकहरुलाई एम्कोका उच्चस्तरिय उत्पादन र सेवा प्रदान गर्नेछौं ।” बताए ।

amco

“एम्कोका नया“ प्रविधियुक्त ब्याट्रिहरुको गुणस्तरीयताले गर्दा हामी उत्साहित छौं साथै यस ब्याट्रिहरु चाँडैनै नेपालका प्रयोगकर्ताहरु माझ लोकप्रिय हुनेछन् भन्नेमा हामी विश्वस्त छौं” बौद्ध इन्टरप्राइजेजका कार्यकारी अध्यक्ष विराज ज्ञवालीले भने । अध्यक्ष ज्ञवालीले भने “हामीले हालैमात्र स्थापना गरेको वेभ तथा मोबाइल एप्सले मार्केटि¨ सञ्चारमञ्चलाई फराकिलो पार्नुका साथै हाम्रा थोक तथा खुद्रा विक्रेताहरुसंगको अन्तरक्रिया थप सहज हुनेछ । एम्कोको स्तरिय उत्पादन सहितको निरन्तर सल्लाह र हाम्रा थोक तथा खुद्रा विक्रेताहरुको सहयोगले नै हामीले निकट भविष्यमा उल्लेखनिय बजार ओगोट्ने दृढ विश्वास छ ।”

प्रकाशित मितिः २०७४ असार ३०

वि.सं.२०७४ असार ३० शुक्रवार १७:५० मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...