back
NMB ad

सुईद्वारा लागुऔषध लिने पुरुषको संख्यामा वृद्धि

Kumari bank ad

काठमाडौँ । सुईद्वारा लागुऔषध लिने पुरुषको संख्या काठमाडौँ र पोखरा उपत्यकामा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको उच्च जोखिममा रहेका समूहहरुका बीचमा गरिएको जैविक तथा व्यवहारिक नमूना सर्वेक्षणमा सो संख्या बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

कम्तीमा तीन महिनादेखि सुईद्वारा लागुऔषध लिएका १६ वर्षमाथिका ती क्षेत्रका ६ सय ८५ जनामा नमूना सर्वेक्षण गरिएकोे केन्द्र जनाएको छ ।

ती मध्ये काठमाण्डौँ उपत्यकामा सन् २०१७ मा सूई द्वारा लागु औषध प्रयोग गर्ने पुरुषमा एचआइभीको व्यापकता दर ८ दशमलव ५ प्रतिशत रहेको छ । सन् २०१५ मा भने सो दर ६ दशमलव ४ प्रतिशत रहेको थियो ।

यसैगरी पोखरा उपत्यका भित्र सन् २०१५ मा २ दशमलव ८ प्रतिशत रहेकोमा सन् २०१७ मा त्यसमा बृद्धि सन् ४ दशमलव ९ प्रतिशत देखिएको केन्द्रका निर्देशक डा तरुण पौडेलले जानकारी दिनुभयो ।

सेभ ‘द’ चिल्ड्रेनको आर्थिक एवम् प्राविधिक सहयोगमा केन्द्रले गरिएको उक्त सर्वेक्षणमा ती क्षेत्रका ७ सय ४० पुरुष समलिङ्गी र तेस्रो लिङ्गीमा सुईद्वारा लागुऔषध लिनेको संख्यामा समेत वृद्धि भएको देखाएको छ । रासस

प्रकाशित मितिः २०७४ असार ३१

वि.सं.२०७४ असार ३१ शनिवार १३:२३ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....