back
NMB ad

ट्रक र बस एक आपसमा ठोक्किाँदा दशको मृत्यु

Kumari bank ad

नयाँदिल्ली । दक्षिणी भारतको तमिल नाडु राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ भने, २३ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।

यात्रुबहाक बस र स्टील ढुवानी काममा लागेको १ ट्रक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले शनिबार जनाएको छ ।

तमिल नाडु प्रान्तीय राजधानी चेन्नाइबाट ३ सय ७३ किलोमिटर दक्षिणतर्फ पर्ने थान्जाभुर जिल्लाको भल्लाम इलाकामा सो दुर्घटना भएको बताइएको छ ।

‘गतरात भाल्लाम इलाकामा एउटा ट्रकले यात्रुबहाक बसलाई ठक्कर दिँदा १० जनाको मृत्यु हुनको साथै अन्य २३ जना घाइते भएका छन् प्रहरी अधिकारीले जनाए ।

बसमा सवार कति यात्रुलाई ट्रकले ढुवानी गरेको स्टीलको छडले लागेर चोट लागेको छ , सो प्रष्ट नभएको पनि उनले थप जानकारी दिएको छ ।

राज्यद्वारा सञ्चालित यात्रुबहाक बसमा झण्डै ६० जना स्थानीय यात्रु सवार थिए । मृतक मध्ये ८ जना यात्रु रहेका छन् भने २ जना चालक र उनका सहायक रेहका छन् ।

घाइते भएका सबैलाई थान्जाभुर मेडिकल कलेजको अस्पतालमा भर्ना गरिएको १ जना स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ ।

घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन भइरहेको तर प्रारम्भिक विवरण अनुसार तीव्रगतिका कारण दुर्घटना भएको अनुमान पत्ता लागेका प्रहरी अधिकृतले बताएका छन् ।

स्थानीय सरकारले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

भारतमा सवारी साधनको कमजोर अवस्था, बिग्रिएको बाटो र ट्राफिक नियमको उलङ्घन लगायतका कारणले धेरै सवारी दुर्घटना हुने गरेका छन् ।

भारतको सडक यातायात मन्त्रालयले सन् २०१५ मा एक लाख ४६ हजार १३३ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको जनाएको छ । त्यसैगरी ५ लाख २ सय ७९ जना घाइते भएका थिए भने देशभरीमा ५ लाख १ हजार ४ सय २३ वटा दुर्घटना भएको थियो ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको “ग्लोबल रोड सेफ्टी रिपोर्ट २०१५” का अनुसार भारतमा सडक दुर्घटनामा परी वार्षिक औषत २ लाख जनाको मृत्यु हुने गरेको छ । रासस

प्रकाशित मितिः २०७४ असार ३१

वि.सं.२०७४ असार ३१ शनिवार १७:२८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...