back
NMB ad

मोरङमा चियाको व्यावसायिकखेती फस्टाउँदै

Kumari bank ad

मोरङ । चियाको व्यावसायिक खेती भन्ने बित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् ।
तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीयवासी नारायण राईले सुरु गरेको चिया खेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ ।

विकासको कुनै पूर्वाधार नभएका बेला १८ वर्षअघि राईले ५० रोपनीमा सुरु गर्नुभएको चियाखेती हाल ३०० रोपनीमा विस्तार गरेका छन् ।

गाउँमा व्यावसायिक कामको कुनै सम्भावना नभएका बेला चियाखेतीमा लाखौँ रुपैयाँ खर्चिएका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउछन् ।

वैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष कमाएको सबै आर्जन उनले चियाखेतीमा लगाएका छन् । नारायणले छ लाख बिरुवाको चिया नर्सरी राखेका छन् । चिया विकास बोर्डले रु २ लाख अनुदान सहयोग गरेपछि उनी झनै क्रियाशील भएर चियाखेतीमा लाग्नुभएको हो । उनले भने – “४ रोपनीमा चियाको नर्सरीमात्र छ ।” अबको १ वर्षपछि २ हजार रोपनीमा चिया विस्तार गर्ने महत्वकांक्षी योजना बनाएका राई चियाको बिरुवाको माग रामेछाप, सिन्धुली र नुवाकोटबाट पनि आएको बताउछन् । गाउँमा पनि नारायण र उनकी पत्नी बिना खजुम राईको कामलाई पछ्याउने धेरै भइसकेका छन् । उनी भन्छन् – “सुरुका दिनमा चिया रोप्दा हाँसी उडाउनेहरु पनि अहिले चियाको विस्तारमा लागेका छन् ।”

अठार वर्षअघि उराठ लाग्दा अनिकाले डाँडामा चिया रोप्दा कहिल्यै खुशी र सन्तुष्टि हुन नसकेको बताउँदै बिनाले भने –द्वन्द्वको समयमा सबैलाई मिलाएर काम गर्न झनै कठिन भयो । तर, पनि उनी थाकेनन् । उत्तरी मोरङको पहाडी गाउँ, न बाटो थियो न सञ्चार र सुरक्षा । तर पनि राई दम्पतीले चियाबाट प्राप्त सबै कमाइ त्यही डाँडामा खन्याए । अहिले चियाखेती हेर्न आउनेको घुइँचो लाग्न थालेको छ ।

उन भन्नुहुन्छ – “पैसा त कमाउन सकेको छैन, तर सम्मान र इज्जतबाट नै सन्तुष्ट छु ।” उनको मातृभूमि टी स्टेट कम्पनीमा हाल रु घ करोड ५७ लाख लगानी भइसकेको छ । वार्षिक ४ हजार किलो ग्रिन टी उत्पादन गरिरहेको कम्पनीले आफ्नै प्रशोधन मेसिनबाट प्रशोधित ग्रिन टी (हरियो चिया) को उत्पादन गरिरहेको छ । हरियो चियाको माग उच्च भए पनि मागअनुसार उत्पादन गर्न नसकेको सञ्चालिका बिना खजुमले बताए ।

चिया बगानमा हाल गाउँकै ३२ जनाले रोजगार पाएका छन् । चिया खेतीमा लगातार लाग्नु भएका राईलाई २०७१ मा सरकारले राष्ट्रपति सम्मानबाट पुरस्कृत ग¥यो । पुरस्कृत भएपछि चियाखेतीप्रति उहाँको झनै लगानी र उत्साह बढेको छ ।

बिना भने – “धेरै जिम्मेवारी थपिएको छ । उनी त आजभोलि सामाजिक काम र चियाखेती विस्तारमै व्यस्त हुन थाले छ ।”
नारायण राईको दम्पतीले चियाबाट चमत्कार देखाएपछि स्थानीयवासी बुद्धमान राई, डकलसिंह राईलगायत थुपै्र किसानले आफ्नो पाखोबारीमा पैसा फलाउन थालेका छ । डकल सिंहले भने – “भर्खरै सुरु गरेको छु । राम्रो भइरहेको छ ।”

उत्तरी मोरङका साविक ८ वटा पहाडी गाविस मध्ये सबैभन्दा दुर्गम गाउँ विकास समिति हो, सिंहदेवी । विसं २०६८ को जनगणना अनुसार जम्मा २ हजार ४ सय ७८ जनसंख्या रहेको सिंहदेवीमा ५ सय ६६ घरधुरी रहेका छन् । तर मोरङका अन्य पहाडी गाविसको तुलनामा निकै समृद्ध मानिएको सिंहदेवी गाविसबाट बसाइँ सर्ने क्रम रोकिएको छ ।

स्थानीयवासी मनोज अधिकारी भने – “सिंहदेवीमा जेफाल पर्यटन विकास संस्थाको गठनसँगै घरवास ‘होमस्टे’ सुरु भयो । होमस्टे, नगदेबालीको खेतीमा आकर्षण र सडक जोडिएपछि हाल आएर तराईका मानिस यहाँ जग्गा किन्न थालेका छन् ।” उनी सँगै जोडिएको लेटाङभोगटेनी नगरपालिकाका केही वडामा अझै विद्युतीकरण हुन नसकिरहेका बेला सिंहदेवीमा विद्युत्भार कटौती नहुने गरेको बततए । रासस
प्रकाशित मितिः २०७४ साउन १

वि.सं.२०७४ साउन १ आइतवार १३:३३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...