सिभिल बैंकको २ अर्ब ७ करोडको हकप्रद सेयर निष्काशनबारे जान्नुहोस् !

काठमाडौ । सिभिल बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । सिभिलले १०ः४ अनुपातमा २ अर्ब ७ करोड ४० लाख ८८ हजार ६७५ रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।

राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने उद्देश्यले सिभिलले ४० प्रतिशत हकप्रद ल्याउन लागेको हो । चुक्ता पुँजी वृद्धि गर्नेक्रममा सिभिलले असार १८ देखि युनिक फाइनान्स र हामा मर्चेन्ट एन्ड फाइनान्सलाई एक्वायर गरेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससममा सिभिलको चुक्ता पुँजी ४ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ छ । दुई संस्थालाई एक्वायरपछि चुक्ता पुँजी थप वृद्धि भएको छ ।

प्रकाशित मितिः २०७४ साउन २

२०७४ साउन २ गते ११:५२ मा प्रकाशित

You can share this post!

मन्त्रीबाट हटेको ४० दिन पुगेपनि क्वार्टर नछाड्ने यी हुन् पूर्व पर्यटनमन्त्री !

दुई बैंकसहित तिन संस्थाको हकप्रद सेयर निष्काशनबारे तपाईलाई कति थाहा छ ? पढ्नुहोस्

Related posts