back
NMB ad

भारतको १४ औं राष्ट्रपति चयनका लागि मतदान

Kumari bank ad

काठमाडौ । छिमेकी देश भारतले आज आफ्ना १४ औं राष्ट्रपति छान्दै छ। नयाँ राष्ट्रपति चयनका लागि आज संसदमा निर्वाचन भईरहेको छ ।

राष्ट्रपतिका लागि सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनबाट रामनाथ कोविन्द र विपक्षी कांग्रेस आई नेतृत्वको गठबन्धनबाट मिरा कुमार चुनावी प्रतिष्पर्धामा छिन्। रामनाथ विहार राज्यका पूर्व गर्भनर हुन भने मिरा कुमारले लोकसभाको सभामुखको रुपमा काम गरिसकेकी छिन्।

राष्ट्रपतिको निर्वाचनको लागि करिब ९५ जनाले उम्मेदवारी दिए पनि अन्तिम प्रतिष्पर्धी भने रामनाथ र मिरा कुमार मात्रै रहेका छन् । अहिलेसम्मको चुनावी अवस्था हेर्दा सत्तारुढ भाजपका उम्मेदवार रामनाथनै राष्ट्रपतिमा निर्वाचित हुने बलियो सम्भावना रहेको बताइन्छ । उनले राष्ट्रपतिमा लगभग ७० प्रतिशत इलेक्ट्रोल भोट ल्याउने आँकलन गरिएको छ।

राष्ट्रपतिको चुनाव आजै भए पनि मतगणना भने बिहिवार मात्रै हुने छ। भारतमा राष्ट्रपतिको भूमिका कार्यकारी नभए पनि राष्ट्र प्रमुख र संविधानको संरक्षकका रुपमा लिइन्छ । निर्वाचनमा भारतको केन्द्रीय संसद (दुवै सदन)का सदस्य र राज्यका विधान सभाका सदस्यहरु मतदाता हुने व्यवस्था छ।

प्रकाशित निर्वाचन कार्यक्रम अनुसार, आउँदो आइतवार निवर्तमान राष्ट्रपतिको विदाइ समारोह संसद् भवनको केन्द्रीय सभाकक्षमा हुनेछ । त्यसको दुई दिनपछि नव निर्वाचित राष्ट्रपतिलाई प्रधान न्यायाधीशले शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १३:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...