back
NMB ad

बोका किन्न आएको बजेट फ्रिज !

Kumari bank ad

दार्चुला । जिल्ला पशुसेवा कार्यालय दार्चुलामा बोयर जातको बोका किन्नका लागी आएको कुल बजेट २८ लाख ५० हजार रुपैयाँ मध्ये ८ लाख १० हजार रुपैया फ्रिज गएको छ। दार्चुलामा गत आर्थिक बर्षमा ९५ वटा कृषक समूहलाई उन्नत जातको बोका वितरण गर्नु पर्ने लक्ष्य रहेको भए पनि उन्नत जातको बोकाको उत्पादन अभावमा रकम फ्रिज गएको जिल्ला पशु सेवा कार्यालय दार्चुलाका पशु चिकित्सक हरीदत्त भट्टले जानकारी दिए ।

उनले भने बोयर जातको बोकाको उत्पादन डोटी र डडेलधुरा जिल्लामा हुनेगरेको छ। पशु कार्यालयले यो आर्थिक बर्षमा कृषकलाई ९५ बोका दिने भने पनि बोका अभावमा लक्ष्य समेत पुर्‍याउन नसकेको भट्टको भनाइ छ। कार्यालय मार्फत सञ्चालित कृर्षि तथा खाध्य सुरक्षा कार्यक्रम अन्तरगत विभिन्न कृषक समूहलाई ६८ वटा बोयर जातको बोका वितरण गरेको पशु चिकित्सक भट्टले जानकारी दिए ।

बोकाको जीवित तौल प्रति किलो ग्राम ८ सय रुपैयाँसम्म खरिद गर्न सकिने गरी रकम बिनियोजित भएको उनको भनाइ छ। देशका विभिन्न ठाउँमा दूधका लागि बाख्रा पालन गरिने भए पनि नेपालको सन्दर्भमा मासुको लागि बाख्रा पालन गरिने उनको भनाइ छ। दार्चुला जिल्लामा बिगत ३ बर्ष देखि दत्तु, हुनै नाथ, गुल्जर, लटीनाथ, धारी, सुनसेरा, धौलाकोट गरी साबिक्का १० गाविसमा कृर्षि तथा खाध्य सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको पशु चिकित्सक भट्टले जानकारी दिए । न्यूजएग्रोबाट

फाईल फोटो

प्रकाशित मितिः २०७४ साउन ३

वि.सं.२०७४ साउन ३ मंगलवार १४:१२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...