back
NMB ad

कावासोती नगरपालिकाको विकासका लागि नारैनारा,एक अर्ब १० करोड विनियोजित

Kumari bank ad

नवलपरासी । कावासोती नगरपालिकाको चार दिन सम्म चलेको प्रथम नगरसभाले आर्थिक बर्ष २०७४÷०७५ को नीति बजेट र कार्यक्रहरु स्वीकृत गरेको छ । सभाले स्वयम् सेविकाहरुका लागि मासिक चार सयमा रु ६०० सय बृद्धि गरी एक हजार कायम गरेको छ । मुसहर र माझीहरुका लागि नगर विपन्न आवास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

करमा अधिक योगदान: नागरिकको उच्च सम्मान,नगर समृद्धको नयाँ चरणः ब्यापक औद्यागिकिकरण, नगरमा सहकारी: घरघरमा रोजगारी, नगरको पर्यटन: नगरको समृद्धि र पहिचानको साधन,स्वास्थ्य बिमा निशुल्क उपचार: स्वस्थ्य नागरिक जिम्मेवार नगर सरकार , आमा स्वास्थ्य कार्यक्रम जस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याइएको छ । यो नाराले नगरको विकासमा काम हुने कार्यपालिकाका सदस्य गीता विकले बताए ।

मातृ मृत्यूको प्रमुख कारण रहेको बालबाविवाह अन्त्य गर्ने कार्यक्रम नीति कार्यक्रममा छ । गर्भवती तथा सुत्केरीलाई पोषण सहित आबश्यक सम्पूर्ण सेवा निशुल्क र सहज ढङ्गले उपलब्ध गराउन आमा स्वस्थ्य कार्यक्रम सञ्चालनमा ल्याइनेछ । प्रसुती सेवाको अभावमा आमाको ज्यान जान सक्ने अबस्थाको अन्त्य गरी प्रत्येक वडामा दक्ष स्वास्थ्यकर्मी सहितको प्रसुती केन्द्र को पनि स्थापना गरिने कार्यक्रम छ ।

नगरपालिकामा पाँच बर्ष भित्रमा सर्पदंशको उपचार सहितको ५० शैयाको सुबिधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउनेछ । युवा स्वबलम्बन कार्यक्रम मार्फत बार्षिक ५ सय युवालाई स्वरोगार बनाउने नगरले कार्यक्रम तय गरेको छ । पुराना चलनचल्तीमा रहेका तर लगत कट्टा नभएका बाटोहरुलाई यथास्थितिमा बाटो लगत कट्टा स्वीकृत दिइने नगर सभाले पारित गरेको छ ।

फोहोर ब्यवस्थाका लागि आधुनिक फोहोर ब्यवस्थापन केन्द्र स्थापना,प्रदेश स्तरमा निर्माण हुने मेडिकल कलेज कावासोतीमा निर्माणका लागि प्रदेश सरकार संग समन्वय गर्ने र त्यसका लागि जग्गा उलपब्ध गराउने निर्णय सभाले गरेको छ । दुई बर्षभित्रमा कावासोती नगरपालिकालाई बालमैत्री नगरको रुपमा स्थापित गर्न बालमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालनमा ल्याइउने नीति नगरसभाले गरेको छ । ज्येष्ठ नागरिकको सुबिधाका लागि दिवा सेवा केन्द्र , प्लटिङ्ग प्रयोजनका लागि कम्तीमा आठ मिटरबाटो ढल, बिजुली र पानीको ब्यवस्था र पाँच प्रतिशत खुल्ला क्षेत्र समेत ब्यवस्था गरेको छ ।

नगर यायायात गुरु योजनालाई पुनरावलोकन गरी वडा नं. १७ लाई समेत समावेश गरेको छ । जसका आधारमा रिङ्गरोडको ब्यवस्था गरी नगरमा नगरबस सञ्चालन गर्ने कार्यक्रम छ । बसपार्क , रंगशाला , सभागृह पोखरी ताल पार्क , कर्भडहल नारायणी नदी तटबन्धन केरुङ्ग खोला नियन्त्रण , मानव वन्यजन्तु द्धन्द्ध नियन्त्रणका साथै उज्योलो कावासोती कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस बर्ष वडा कार्यालयहरु निर्माण गर्नका लागि बजेट ब्यवस्था गरिएको छ ।

कार्यपालिका सदस्य लक्ष्मीप्रसाद पौडेलले आर्थिक बर्ष २०७४/०७५ का लागि एक अर्ब १० करोड ६४ लाख ५५ हजार बराबरको आय ब्यय प्रस्तुत गर्नु भयो । प्रस्तुत नीति कार्यक्रम र बजेट अत्याधिक बहुमतले पारित गरेको छ । सभाले आन्तरिक आय रु १० करोड ६९ लाख ५५ हजार बाह्य र आय रु ९९ करोड ९५ लाख बिनियोजित गरेको छ । भने ब्यय तर्फ चालु रु ६ करोड २९ लाख ८९ हजार र पुँजीगत खर्च ९२ करोड ३४ लाख ६६ हजार र सामाजिक सुरक्षा तर्फ रु १२ करोड रहेको छ ।

नगर प्रमुख चन्द्रकुमारी पुनको अध्यक्षतामा भएको सभाले कावासोती नगरपालिकाको विनियोजन बिधेयक , आर्थिक बिधेयक पारित गरेको हो ।यी बिधयेक पारित संगैं नगरपालिकाको चालु आर्थिक बर्षको कार्यक्रम , राजश्वका दररेटहरु कार्यान्वयनमा आउने छन् ।

प्रकाशित मितिः २०७४ साउन ३

वि.सं.२०७४ साउन ३ मंगलवार १५:१९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...