back
NMB ad

मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि,कारोबार १ अर्ब माथि

Kumari bank ad

काठमाडौ । मंगलबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३४.२५ अंकको वृद्धिसँगै १६३८.४१ अंकमा पुगेको छ । मंगलबार सबै परिसूचकहरु बढेका छन् । यसदिन बीमा समूह सबैभन्दा धेरै ४१६.६३ अंकले बढेको छ ।1

परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । लामो समयपछि कारोबार रकमले एक अर्बको सिमा पार गरेको छ । दिनभरमा १५५ वटा कम्पनीको १९ लाख ३५ हजार ५ सय ९० कित्ता सेयर नौ हजार एक सय ८९ पटक खरिदविक्री हुँदा एक अर्ब २१ करोड १७ लाख ८८ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ ।

कुल कारोबारमध्ये, नेपाल लाइफ इन्स्योरेन्सको नौ करोड २९ लाखमाथिको कारोबार भएको छ भने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको पाँच करोड ९१ लाख र नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटरको पाँच करोड तीन लाखमाथिको कारोबार भएको छ । नविल बैंक प्रोमोटर र नेशनल लाइफ इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार हुँदा स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्स्योरेन्स, नेरुडे लघुवित्त, मुक्तिनाथ विकासक बैंक, जलविद्युत् लगानी तथा विकास कोष लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।

2

प्रकाशित मितिः २०७४ साउन ३

वि.सं.२०७४ साउन ३ मंगलवार १५:३३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...