back
NMB ad

बामपन्थी एकताका लागि माओवादी केन्द्रसमक्ष केपी ओलीको प्रस्ताव !

Kumari bank ad

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर मुलुकलाई बामपन्थीमय बनाउन ने.क.पा. माओवादी केन्द्रसमक्ष प्रस्ताव राखेका छन् । नेपाली जनता बामपन्थी पक्षधर रहे पनि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु बामपन्थी फुटाएर मुलुकलाई अघि बढन नदिने काम गरिरहेको भन्दै ओलीले एमाले र माओवादी मिलेरै मुलुकलाई बामपन्थीमय बनाउनु पर्ने प्रस्ताव राखेका हुन् ।

‘म माओवादी केन्द्रका नेताहरुलाई भन्छु, चुनाव जित्नु छ भने एमालेसँग मिल्नोस, अब सती नै जानु छ, सर्वनास नै हुनु छ भने त के गर्नु ? सतीगएर कसैले जित्दैन, सर्वनाश होइन्छ, केही कमजोरी भएको छ, तर ढिला नै त भइसकेको छैन, अब सोचेर अघि बढनोस्, चुनाव जित्नु छ भने एमालेसँग मिल्नुस,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नव निर्वाचित पदाधिकारीलाई आफ्नै निवास बालकोटमा बोलाएर बधाई तथा शुभकामना दिँदै ओलीले सो कुरा बताएका हुन् ।

main pic oli  manpower dele

उनले एमाले र माओवादी केन्द्र मिलेर जाँदा नै मुलक र जनताले लाभ प्राप्त गर्ने यथार्थ राखेका छन् । ‘अब एमाले र माओवादी सबैतिर मिलेर बामपन्थीमय बनाउनु पर्छ नेपाल, मिलिन्छ भने मिलेर बनाउनु पर्छ, मिलिदैन भने एमाले एक्लैले बामपन्थीमय बनाउँछ नेपाललाई,’ ओलीले भने । ‘एमाले माओवादीसँग मिलेर नै मुलुकलाई बामपन्थीमय बनाउन चाहन्छ । कांग्रेसले यो देशलाई धेरै दुख दिइसकेको यथार्थ बुझ्न अव माओवादीले ढिलाइ गर्न हुन्न ।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अब जहाँ चुनाव भएपनि एमाले र एमालेसँग सहकार्य गर्ने, मिलेर चुनावमा जाने शक्ति बिजयी हुने ठोकुवा गरे । ‘अब एमाले जहाँ जहाँ चुनाव लड्छ, जित्छ, एमालेसँग जो मिलेर चुनावमा जान्छ, उसले पनि जित्छ । जस्ले सहकार्य गर्छ, बिजयी हुन्छ, जस्ले एमाले छाडेर अरु तिर सहकार्य गर्छ, चुनावमा उसले हार्छ,’ ओलीले भने । उनले संघमा एमाले र माओवादी केन्द्रबीचको सहकार्यलाई राम्रो कामको थालनीको संज्ञा दिए । अब यहाँ (संघ) मात्रै होइन, सबै तिर एमाले र माओवादी मिल्नुपर्छ, जित्नुपर्छ अनि देशलाई कांग्रेसको कलंकित काम र दुःखबाट मुक्त गराउनु पर्छ,’ ओलीले भने । उनले चुनाव सकिएपछि पछुताउने काम नगर्न माओवादी केन्द्रलाई सुझाव दिए ।

ओलीले स्थानीय तह निर्वाचनमा कांग्रेसले यति धेरै स्थानमा जित्नुको पछाडि जनतालाई भ्रम चिर्न आफुहरुले नसकेको परिणाम रहेको बताए । ‘स्थानीय तहको २ चरणको निर्वाचनमा एमाले प्रमुख पार्टी त भयो तर आश्चर्य, कांग्रेसलाई यत्रो बिघ्न भोट कसरी आयो ? यसको अर्थ हो, एमालेले जनतालाई भ्रमबाट मुक्तगर्त अझै धेरै काम गर्नुपर्छ,’ ओलीले भने । ओलीले अबको नेपाल बामपन्थीकै हातमा हुने ठोकुवा पनि गरेका छन् ।

‘आजको नेपालको यथार्थ र भोलिको नेपालको यथार्थ भनेको बामपन्थीशक्ति नै हो । अहिले देशमा एउटा हावा चलेको छ, बामपन्थी तर नामवाला बामपन्थी मात्रै । नामवाला बामपन्थीको जनसमर्थन, मत, उनीहरुको हैसियत बहुत सुदृढ छ नेपालमा । तर त्यसलाई दुनिया भरिकै प्रतिक्रिया वादीशक्तिहरु, नेपाल बिरोधि शक्तिहरु, नेपालका प्रगति बिरोधि शक्तिहरु तिनलाई फुटाउने, छिन्नभिन्न बनाउने मिल्न नदिने काम गरिरहेका छन्, अहिले त्यस्तै भइरहेको छ, यस्तो बेलामा तपाईहरु मिल्नुभयो । बामपन्थी शक्तिहरुको एकताको औचित्य र आवश्यकता पुष्टि गर्नुभयो । यो निकै महत्वपुर्ण छ,’ ओलीले भने ।

ओलीले अब कांग्रेसको कुनै कुप्रचार तिर नलागि बामपन्थी शक्तिहरुले आफ्नो हैसियत अनुसार मुलुकलाई उन्नतीको दिशामा लैजानु पर्ने बताए । ‘अबको नेपालमा देशभक्ति भनेको बामपन्थी आन्दोलन हो, लोकतन्त्र भनेको आन्दोलन बामपन्थी आन्दोलन हो, सामाजिक न्याय, र समानता भनेको बामपन्थी आन्दोलन हो, सामाजिक सदभाव र राष्ट्रिय एकता भनेको बामपन्थी आन्दोलन हो र अब संमृद्धिको नेतृत्व गर्ने भनेको बामपन्थी आन्दोलनले हो । एमालेले यस मामिलामा बिशेष ध्यान दिन्छ, नेतृत्व गर्छ,’ ओलीको भनाई थियो ।

प्रकाशित मितिः २०७४ साउन ३

वि.सं.२०७४ साउन ३ मंगलवार १६:२५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...