back
NMB ad

पल्सर स्पोर्टस अवार्ड भदौ २६ गते हुने

Kumari bank ad

काठमाडौ। नेपाल खेलकुद पत्रकार मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १४औं संस्करण आगामी भदौ २६ गते हुने भएको छ । पत्रकार सम्मेलन गरी मञ्चले अघिल्लो वर्षजस्तै यस वर्ष पनि आठ बिधामा अवार्ड प्रदान गरिने जानकारी गराएको छ ।

२०७३ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीहरुलाई अवार्ड प्रदान गरिनेछ । अघिल्ला वर्षहरुमा जस्तै वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, स्पेसल अवार्ड, उत्कृष्ट पारा एथ्लिट अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रकाश तिमल्सिनाले जानकारी दिए ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले मूख्य प्रायोजन गरेको अवार्डका तीन बिधाका बिजेताले बजाज पल्सर मोटरसाइकल पाउने गरेकोमा यस वर्षदेखि चार जना बिजेताले मोटरसाइकल पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो । बर्षको उत्कृष्ट पुरुष र महिला तथा पिपुल्स च्वाइस अवार्डका बिजेताले मोटरसाइकल पाउँदै आएका थिए । तर नयाँ कुन बिधाका बिजेतालाई मोटरसाइकल दिने भन्नेबारे टुंगो लागिनसकेको मञ्चका अध्यक्ष महेश आचार्यले बताए ।

चार बिधाका बिजेताले मोटरसाइकल र बाँकी ४ बिधाका बिजेताले जनही ५० हजार पुरस्कार पाउनेछन् । पिपुल्स च्वाइस अवार्ड जनताको मतका आधारमा प्रदान गरिनेछ । पाँच वर्षको सम्झौता अनुसार गोल्छा अर्गनाइजेसनले यस वर्षका लागि १८ लाख ९० हजारको मुख्य प्रयोजन गरेको कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले जानकारी दिए ।

प्रकाशित मितिः २०७४ साउन ४

वि.सं.२०७४ साउन ४ बुधवार १७:०५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...