back
NMB ad

चीनको हाइगर मिनी बस नेपाली बजारमा

Kumari bank ad

काठमाण्डौ । आक्र्स ग्रुप प्रा.लि.ले चीनमा प्रसिद्ध हाइगर बस कम्पनी लिमीटेडद्वारा निर्मित २७ सिटे क्षमताको मिनी बस आयात गरी नेपाली बजारमा बिक्री सुरु गरेको छ । मंगलबार एक कार्यक्रमबीच उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले ती हाइगर मीनी बसको औपचारिक सुरुवात गरे ।

नेपालमा धेरै यात्रु अट्ने गाडीहरुको आवश्यक्ता रहेकोले सरकारले मौद्रिक नीतिमार्फत ठूूला गाडीहरुको आयातलाई प्राथमिकता दिएको सो अवसरमा महराले बताएका थिए । पर्यटकीय संभावना रहेको नेपालमा सुविधासम्पन्न पर्यटकीय गाडी समेत आवश्यक रहेकामा महराको जोड थियो ।

कार्यक्रममा बोल्दै नाटाका अध्यक्ष मधु आचार्यले पर्यटकहरुका लागि सुविधायुक्त अत्याधुनिक बसहरु आवश्यक रहेको अवस्थामा हाइगर मिनी बस शुभारम्भ गरिएकोमा खुशी व्यक्त गरे ।

ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले आयात गरिएको हाइगर मिनी बस तथा उत्पादक कम्पनीबारे जानकारी दिएका थिए । उनका अनुसार आयात गरिएको मीनीबस पूर्ण वातानुुकुलित रहेको, वाइफाइ, रेफ्रिजेरेटर, वाइफाइ, टिभी, साइड लगेज तथा सुविधासम्पन्न सिट रहेका छन् । हाइगर बस सुविधायुक्त भएकोले लामो दुरी, अफिस, स्कुल तथा पर्यटन उद्योगमा ज्यादै रुचाइएको सो अवसरमा बताइयो । हाल आयात गरिएको हाइगर मिनी बसको मूूल्य रु। ७३ लाख ७५ हजार रहेको र शुभारम्भको अवसरमा रु. ४ लाखसम्म छुट प्रदान गरिने कम्पनीले घोषणा गरेको छ ।

सन् १९९८ मा चीनमा स्थापना भएको हाइगर बस कम्पनी लिमीटेडले बार्षिक रुपमा ३५ हजार भन्दा बढी बसहरु उत्पादन गर्ने क्षमता राख्दछ । National CCC certification, ISO/TSI6949 Certificate, ISO 14001 प्राप्त यस कम्पनीले G-BOS Intelligence Operation System अन्तर्गत बसहरु उत्पादन गर्ने हुँदा सुविधाजनक, सुरक्षित रहेको सो अवसरमा बताइएको थियो । हाल यस कम्पनीले १०० भन्दा बढी मुलुकहरुमा विभिन्न मोडलका बसहरु निर्यात गर्दै आइरहेको छ ।

हाइगर बस नेपालको भौगोलिकता तथा बाटो अनुरुप समेत तयार गरिएको हुँदा नेपाली बजारमा लोकप्रिय हुने विश्वास गरिएको छ ।

प्रकाशित मितिः २०७४ साउन ४

वि.सं.२०७४ साउन ४ बुधवार १८:११ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...