काठमाडौ। अनेरास्ववियुले बाँकी क्याम्पसमा अविलम्ब स्ववियु निर्वाचन गर्न माग गरेको छ । अनेरास्ववियुको बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव ऐन महरले बाँकी रहेका क्याम्सपमा अविलम्ब स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयको ध्यानाकर्षण गराएको बताएका छन ।
अनेरास्ववियुले स्ववियुमा आफ्ना उम्मेदवारलाई मतदान गरेकामा विद्यार्थीहरुलाई धन्यवाद पनि दिएको छ । अनेरास्वियुले केन्द्रीय किमिटी र रापसको संयुक्त बैठक यही साउनको २२ देखि २५ सम्म चितवनमा गर्ने निर्णय गरेको छ ।
प्रकाशित मितिः २०७४ साउन ५
वि.सं.२०७४ साउन ५ बिहीवार १२:४७ मा प्रकाशित