back
NMB ad

मधेसका नेतालाई सीके लालको विहानै ऐनामा आफ्नो अनुहार हेर्न सुझाव

Kumari bank ad

काठमाडौं । राजनीतिक विश्लेषक सीक लालले मधेस केन्द्रीय दलका नेताहरुलाई आफ्नो अनुहार ऐनमा हेर्न सुझाव दिएका छन् । उनले तेस्रो मधेस आन्दोलन असफल भएपछि मधेसी नेताहरुसँगै जनता पनि हतासमा रहेको बताएका हुन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा विश्लेषक लालले तेस्रो मधेस आन्दोलन असफल भएको पनि बताए। उनले भने पहिलो मधेस विद्रोहबाट नयाँ नेतृत्व अगाडि आउने आश गरिएको थियो तर, दुर्भाग्य हुन सकेन । दोस्रो मधेस विद्रोहको हाल पनि त्यस्तै रहृयो ।’

तेस्रो मधेस आन्दोलनमा मधेस, माग गर्नेबाट अघि बढेर दाबी गर्ने अवस्थामा पुगेको उनको विश्लेषण रहेको छ । उनले अझै भने, यसले सत्तालाई एक ठाउँमा ल्यायो र मधेस विद्रोह असफल भयो । यही कारण मधेसमा हतासको स्थितिमा छ ।’

उनले अघि भने, हृदयेशजी त दाह्रो पाल्नुहुन्छ तर, धेरैले त सेभ गर्नुहुन्छ । विहानै ऐनामा आफ्नो अनुहार हेर्नुस्, तपाई थाहा हुन्छ कि मधेस किन हतास छ रु’

मानिसले ४० वर्षसम्म क्रान्ति गर्न सक्ने र त्यसपछि सम्झौतावादी हुने लालको विश्लेषण रहेको छ ।

मधेसको नेतृत्वले अहिलेसम्म समानुपातिक समावेशी लगायत गजेन्द्रनारायण सिंहले उठाएका भूतकालको एजेण्डा लिएर लडेको उनले बताए ।

राजनीतिक विश्लेषक लालले अघि भने, ‘जनताका लागि कुनै पनि अवस्थाबाट बच्न मुस्किल छैन । राणाकालमा पनि मधेसीहरु नेपालमै थिए, केही जमिन्दार पनि बने । पञ्चायतमा पनि रहे । बहुदलीय व्यवस्थामा पनि केही मधेसीले राम्रो गरेका छन् । केही मधेसी राष्ट्रपति पनि बने । जनताले त कुनै न कुनै बाटो खोज्छन् । जिम्मेवारी नेतृत्व हुन्छ कि त्यो बाटो भूतकाल र वर्तमानको मात्र नहोस्, भविश्यको दिसाको होस् ।’

प्रकाशित मितिः२०७४ साउन ७

वि.सं.२०७४ साउन ७ शनिवार २२:०१ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...