back
NMB ad

एफ्एन्सीसीआई मेम्बर हेल्प लाइन सेवाको शुभारम्भ

Kumari bank ad

रबिना पौडेल, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले एफ्एनसीसीआई मेम्बर हेल्प लाइन डेस्क सेवा शुभारम्भ गरेको छ । आइतबार महासंघले वर्तमान कार्यकारिणी समितिको १०० दिन पुगेको अवसरमा आयोजित एक कार्यक्रममा उक्त सेवा शुभारम्भ गरेको हो ।

उक्त सेवा अनुसार अब टोल फ्रि नम्बर १६६००१०००१८ मा फोन गरेर उद्योगीहरुले आफ्नो गुनासा, उद्योगसँग सम्बन्धित सबै खालका जानकारी,राय सुझाव लिनसक्ने कार्यक्रमका अवसरमा जानकारी दिईयो ।

कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले १०० दिनमा गरिएका सम्पुर्ण कार्यको विवरण का साथै आगामि दिनमा गरिने कार्यक्रम र भावि योजनाहरु पनि सार्वजनिक गरेकी थिईन् ।

हेर्नुस् अध्यक्ष राणाले कार्यक्रममा प्रस्तुत गरेको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति—३७
नेपाल उद्योग वाणिज्य महासंघको
वर्तमान कार्यकारिणी समितिको एक सय दिन पुरा भएका अवसरमा विशेष कार्यक्रम आयोजना

निजी क्षेत्रको संगठित प्रयासको गौरवमय स्वर्ण वर्ष मनाई सकेको नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं वार्षिक साधारण सभाबाट मिति २०७३ साल चैत्र २९ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भई चैत्र ३० गतेबाट नया“ नेतृत्वले कार्यभार सम्हालेको साउन ५ गते एक सय दिन पूरा भएको छ ।

नेपालको उद्योग, व्यापार, व्यवसायलाई आजको अवस्थामा ल्याई पु¥याउन अग्रजहरुले निर्वाह गर्नु भएको उच्च भूमिकाको सम्मान गर्दै महासंघको गरीमा र छवीलाई थप सुदृढ गर्ने प्रतिवद्धताका साथ काम गर्ने वर्तमान कार्यकारिणी समितिको १ सय दिन पुरा भएको अवसरमा महासंघ सचिवालयमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यकारिणी समितिको कार्यकालको एक सय दिन पुरा भएको अवसरमा गरिएको यो कार्यक्रम महासंघको इतिहासमा पहिलो पटक आयोजना गरिएको हो ।

कार्यक्रमलाई संवोधन गर्नुहुदै महासंघका अध्यक्ष राणाले दिनु भएको प्रस्तुती (Presentationयसैसाथ संलग्न) को पूर्ण पाठः

नेपालको उद्योग एवं व्यवसायको मर्यादा र व्यावसायिकतालाई उच्च प्राथमिकतामा राख्दै मुलुकभित्र उद्योग व्यवसायको विकासमा सरकारसंग हातेमालो गर्दै अगाडी बढ्ने प्रण वर्तमान टिमले गरेको छ । उद्यमी व्यवसायीका समस्या समाधानमा पहल गरीमुलुकभित्र गरीखाने वातावरण बनाउ“छौं र मुलुकको आर्थिक विकासमा निजी क्षेत्रलाई नेतृत्वदायी भूमिकाका साथ अगाडी बढाउ“छौं भनी हामीले सिंगो निजी क्षेत्रमाझ गरेका प्रतिवद्धतालाई आत्मसात गरी मेरो नेतृत्वले मूलत निम्न क्षेत्रहरू (Sectoral Engagement) मा आफूलाई समाहित गरी सिंगो निजी क्षेत्रलाई मुलुकको विकासमा गोलवद्ध गर्ने उद्घोष यस गरिमामय समारोहमा गर्दछु ।

१. महासंघको संस्थागत विकास तथा प्रशासनिक सुधार,
२. नीतिगत सुधारमा पहल पैरवी,
३. आर्थिक कुटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार,
४. नविनतम कार्यक्रम मार्फत समग्र निजी क्षेत्रको क्षमता विकास एवं सेवा विस्तार

यीनै लक्ष्य परिपूर्तिका लागि वर्तमान नेतृत्वले आफ्नो कार्य प्रारम्भ गरीसकेको छ । अव म यी प्रमुख क्षेत्र, भएका प्रयास उपलव्धी र तीनका भावी योजना तथा कार्यक्रमलाई वूंदागत रुपमा यहांहरु समक्ष राख्ने जमर्को गर्दछु ।

महासंघको संस्थागत विकास तथा प्रशासनिक सुधार,

नयां नेतृत्वले कार्यभार सुम्पेको पहिलो दिनमै मैले २७ वूंदे प्रतिवद्धता घोषणा गरेको थिए । त्यसको महत्वपूर्ण वूंदामा हामीले महासंघ सचिवालय सुदृढीकरणको विषयलाई उच्च प्राथमिकतामा राखेका थियौं र महासंघको सचिवालय सुदृढ भयो र यसले दिने सेवाहरु चुस्तदुरुस्त पार्न सकियो भने मात्र महासंघलाई सशक्त ढंगबाट अगाडी लैजान सकिने र यसले सिंगो निजी क्षेत्रलाई हा“क्न सक्ने हाम्रो निष्कर्श सहित सचिवालय सुदृढीकरण कार्यलाई अगाडी बढाउने कार्यमा आवश्यक अध्ययन सहित सुझाव दिन स्वतन्त्र विज्ञ समूहलाई जिम्मा दियौं र उक्त समूहले अव छिट्टै प्रतिवेदन महासंघमा वुझाउने र सोही प्रतिवेदनका आधारमा महासंघ सचिवालय सुदृढीकरणको कार्यलाई अन्तिम रुप दिइने छ ।

महासंघले मुलुकको संघीय संरचना अनुसार आफ्नो विधान संशोधन गरी प्रदेशिक ढांचामा संगठन विस्तार गरेको छ । निजी क्षेत्र एककदम अगाडीनै रहेको संदेश हामीले हाम्रा प्रादेशिक संरचना विस्तारमै दिइसकेका छौं । विधानत गठित ७ वटा प्रदेश उद्योग वाणिज्य महासंघहरु मध्ये ६ वटाको निर्वाचन सम्पन्न भई नयां नेतृत्वले कार्यभार सम्हाली सकेको छ भने बांकी एक वटा प्रदेशमा पनि छिट्टै निर्वाचन गरिने कार्यक्रम छ । विधान अनुसार गठन गरिने सवै परिषद, समिति, फोरम गठन भई सकेका छन् ।

अवको योजना तथा कार्यक्रम

महासंघ सचिवालयलाई भौतिक रुपमा साधनस्रोत सम्पन्न बनाउने, आम्दानीको स्रोत समेत बढाउने, महासंघका वस्तुगत संघहरुलाई उनीहरुको आवश्यकताका आधारमा निश्चित रकम लिई space उपलव्ध गराउने प्रयोजनका लागि महासंघ पछाडीको जग्गामा नयां व्यवसायिक भवन बनाउने कार्य तत्काल थलिने छ । महासंघ सचिवालयलाई सूचना प्रविधियुक्त बनाउने प्रारम्भ भैसकेको छ । अवको ६ महिनाभित्र महासंघ सचिवालय सूचना प्रविधिले पूर्णत सूसज्जित हुने छ । राज्यले अवलम्वन गर्ने आर्थिक नीतिका सम्बन्धमा पूर्व विश्लेषण गरी सरकारलाई आवश्यक नीतिगत सुझाव दिने प्रयोजनार्थ महासंघ भित्र विज्ञ सहितको नीतिगत सल्लाह समूह गठिने कार्यलाई तत्काल अगाडी बढाइने छ ।

नीतिगत सुधारमा पहल, पैरवीः

नेपाल सरकारले जारी गरेको वार्षिक कार्यक्रम तथा बजेट एवं मौद्रिक नीतिका सम्बन्धमा नेपालको अर्थतन्त्रको अवस्था र परिवेश, उद्योग र व्यापार व्यवसायीहरूले भोग्नु परेका नीतिगत र प्रक्रियागत जटिलतालाई ध्यानमा राखी राष्ट्रिय हितका साथै उद्योग व्यवसाय समेतलाई सहज हुने गरी नेपाल सरकार तथा राष्ट्र बैंकलाई महासंघको तर्पmबाट लिखित सुझावहरू दिइएको थियो । त्यसैगरी भारत सरकारले जुलाई १ देखि कार्यान्वयनमा ल्याएको जीएसटीले पर्ने प्रभावका विषयमा अध्ययन, नेपालको आयात निर्यात व्यापारलाई सहज बनाउने सम्बन्धमा कोलकत्ता पोर्टका अतिरिक्त विशाखापटनम पोर्ट समेत प्रयोग हुनुपर्ने सम्बन्धमा महासंघले आफ्नो स्पष्ट धारणा अगाडी सार्यो ।

त्यसैगरि एउटा प्रमुख हिस्सा निजी क्षेत्रसंग कुनैसल्लाह सुझाव र समन्वय नगरी अगाडी बढाइएको उपभोक्ता हित संरक्षण ऐनको मस्यौदालाई निजी क्षेत्रसंग छलफल नगरी अगाडी बढाइएकोमा त्यसको विरोध गर्दै निजी क्षेत्रसंग छलफलमा ल्याउन मुलुकका प्रमुख कार्यकारि सम्माननीय प्रधानमन्त्रीज्यू सहित माननीय मन्त्रीज्यूहरु समक्ष माग गर्यो । त्यसैगरी शंकाको भरमा उद्यमी व्यवसायीलाई धरपकड गर्ने थुनामा राख्ने,शंकाको भरमा मुद्दा चलाउने कार्यको विरोध गर्यो । उद्यमी व्यवसायी माथिको आक्रमण, हत्या, अपहरण लगायतका कार्यको विरोध गर्दै औद्योगिक सुरक्षा वललाई साधन स्रोत सम्पन्न बनाउने देखि सुरक्षाको प्रत्याभुतिका लागि सरकारसंग जोडदार माग गर्यो ।

अवको योजना तथा कार्यक्रम

महासंघले नीतिगत सुधारका लागि सरकारमा दिएका सुझावहरुको कति कार्यान्वयन भए कतिभएनन, भएनन भने किन भएनन, त्यसको उचित मूल्यांकन गरी नीतिगत सुझावका लागि आगामी दिनमा नयां तौरतरिका अवलम्वन गर्ने, शंकाका भरमा कसैमाथि कारवाही गरिने र पछि त्यो असत्य सावित हुन गएमा हुने नोक्सानीको क्षतिपूर्ति पिडीतलाई भराउन पहल गर्ने, औद्योगिक व्यवसायिक ऐन नियमावली जारी गर्न पहल गर्ने, स्थानीय कर सहितअन्य करहरुमा आउन सक्ने विवादलाई समेत मनन गरी छिट्टै कर तथा राजस्व सुधारमा सरकारलाई सुझाव दिने ।

आर्थिक कुटनीति तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तारः

यस बीचमा महासंघबाट भारत, चीन, अमेरिका, जापान, ओमन, श्रीलंका, कोरिया लगायतका देशबाट नेपालमा आउनु भएका राजदूतहरु तथा ती देशहरुमा कार्यभार सम्हाल्न जानु हुने नेपाली राजदूतहरु समक्ष भेटवार्ता भयो ।

चीनमा सम्पन्न चीन दक्षिण एशिया व्यवसायिक फोरम बैठक, व्रसेल्समा सम्पन्न विश्व पुनरनिर्माण सम्मेलन तथा आइएलओ महाधिवेशन लगायतका अन्तराष्ट्रिय मन्चमा नेपालको निजी क्षेत्रका तर्फबाट सशक्त प्रतिनिधित्व भयो भने ती कार्यक्रमहरु मार्फत नेपालको आर्थिक विकासका लागि आर्थिक कुटनीति सहित वैदेशिक लगानी तथा प्रविधि आकर्षण, नीजि क्षेत्रको क्षमता विकास, सुदृढीकरण, उद्यम व्यवसायको क्षमता विकासमा सहयोगका लागि पहल भयो ।

अवको योजना तथा कार्यक्रम

आर्थिक कुटनीति तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा भएको पहललाई तत्काल परिणाममुखी बनाउन महासंघले आगामी सेप्टेम्वरमा भारतीय उद्योग परिसंघ(सीआईआई) संगको सहकार्यमा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने, भारतीय राजदूतावासको सहयोगमा महासंघभित्र नेपाल भारत लगानी तथा व्यापार प्रवद्र्धन इकाई स्थापना गर्ने, आगामी अगष्टमा पश्चिम वंगाल सरकारसंग मिलेर पश्चिम वंगालमा Cross Border Trade and Tourism Expos9को आयोजना गर्ने, आइएलओ सहित अन्य दातृ निकायहरुको समेत सहयोगमा रोजगार प्रवद्र्धनका लागि व्यवसायमा महिला सहभागिता एवं सशक्तिकरण विषयक कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको छ ।

नविनतम कार्यक्रम मार्फत समग्र निजी क्षेत्रको क्षमता विकास एवं सेवा विस्तारः

नविनतम कार्यक्रमहरु मार्फत सदस्यहरुको सशक्तिकरण एवं क्षमता विकासगरी मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सृजनामा सहयोग गर्ने अभियानलाई महासंघले तीव्ररुपमा अगाडी बढाएको छ । यसका लागि महासंघले यस बीचमा मुलुकभित्र सीप विकास, मानव संशाधन विकास, स्थानीय तहमा विप्रेषणलाई उद्यमशीलतासंग जोडेर कार्य गर्न नेपाल सरकारसंग मिलेर ग्रामीण उद्यमशीलता र विप्रेषण परियोजनाका लागि नेपाल सरकार उद्योग मन्त्रालय र स्थानीय तहमा सहयोग सहकार्य गर्ने उद्देश्यले संघीय मामला तथा स्थानीय विकास मन्त्रालयसंग समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरेको छ ।त्यसैगरी सदस्यहरुले स्थानीय तहमा भोग्नुपरेका समस्याहरुलाई संकलन गरी तिनीहरुको समाधानमा आवश्यक पहल गर्ने उद्देश्यले आजैबाटMembers’ Helpline deskको स्थापना गरिएको छ र त्यसको शुभारम्भ एकैछिनमा हुंदैछ । त्यस्तै स्थानीय तहमा औद्योगिक क्षेत्रका लागि आवश्यक मानव संशाधन विकास तथा सीप विकासमा सहकार्य गर्न EGR Joint Venture संग आजै विहान मात्र समझदारी पत्रमा हस्ताक्षर भएको छ । साथै मुलुकभर महिला उद्यमशीलताको प्रवद्र्धन गर्न हालैमात्र हेटौंडामा सम्पन्न महिला सम्मेलनबाट ३७ वूंदे प्रतिवद्धतापत्र जारी गरिएको छ ।

अवको योजना तथा कार्यक्रम

नविनतम कार्यक्रम मार्फत समग्र निजी क्षेत्रको क्षमता विकास एवं सेवा विस्तार गर्ने उद्देश्य अनुरुप महासंघले निकट भविष्यमै काठमाडौंमा ँल्ऋऋक्ष् एचभकष्मभलत ऋगउ द्दण्ज्ञठको आयोजना गर्ने र त्यसबाट उठेको रकम सदस्य संघहरुको क्षमता विकासमा लगाइने, विभिन्न दातृ निकाय तथा वाणिज्य बैंकहरुको समेत सहयोगमा महिला बैकिङ योजना ल्याउने, निजी क्षेत्रले खोजेको वखत कानूनी क्षेत्रमा आवश्यक सल्लाह, सुझाव परामर्श दिने प्रयोजनका लागि सहकार्य गर्ने उद्देश्यले नेपाल वार एशोसिएसनसंग छिट्टै एक सहमतीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी स्मार्ट सिटीको विकास, महासंघमा डेटा बैंक राख्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष सहित महासंघका पदाधिकारीहरुबाट महासंघका सदस्यहरुको गुनासो संकलन गरी त्यसको समाधानमा सहजीकरण गर्ने उद्देश्यले आजबाट ँल्ऋऋक्ष् ःझदभचकु ज्भउिष्लिभ म्भकप को संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । प्रारम्भमा महासंघका पदाधिकारीहरुबाट सदस्य संघ÷संस्थाहरुबाट आएका प्रश्नको जवाफ दिई शुभारम्भ गर्नुभएको थियो ।

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका महासचिव सुरेश मान श्रेष्ठ, महासंघका विभिन्न परिषद, समिति, फोरमका पदाधिकारी एवं सदस्यहरु, सदस्य संघ संस्थाका पदाधिकारीहरु र उद्यमी व्यवसायीहरु, संचारकर्मीहरुको उपस्थिति रहेको सो कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य (यसैसाथ संलग्न) दिनु हुंदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले वर्तमान टिमको शतत् प्रयास सिंगो निजी क्षेत्रको आत्मसम्मान गरिमा बढाई मुलुकको आर्थिक विकासमा लगाउने नै हो र त्यही प्रतिवद्धताका साथ अगाडी बढ्ने बताउनु भयो ।

प्रकाशित मितिः २०७४ साउन ८

वि.सं.२०७४ साउन ८ आइतवार १८:२९ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...