back
NMB ad

नेपालमा लगानी बढाउन के–कस्ता अवरोधहरु छन् ?,परराष्ट्रमन्त्री महरा ज्यू :भवानी राणा

Kumari bank ad

काठमाडौ । मुलुकको आर्थिक कुटनीतिलाई चुस्तदुरुस्त पार्दै विभिन्न देशहरुमा रहेका नेपाली कुटनीतिक नियोगहरुलाई निश्चित लक्ष्यसहितको कार्यक्रम दिएर पठाउनुपर्ने र निर्यातमुखी कुटनीतिलाई विशेष ध्यान दिनुपर्ने सुझाव नेपाल उद्योग वाणिज्य महासंघले दिएको छ । महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा समक्ष आज परराष्ट्र मन्त्रालयमा भेटगरी सो सुझाव दिएको हो ।

तीव्ररुपमा आर्थिक विकासमा अगाडी बढेका भारत र चीन तथा अन्य विकसित देशहरुबाट समेत नेपालमा पूर्वाधार तथा उर्जा विकासमा अधिकभन्दा अधिक लगानी भित्र्याउन तथा नेपालको पर्यटनका वारे ती देशहरुमा प्रवद्र्धन गरी पर्यटक आकर्षण समेत गर्न हाम्रो कुटनीति सक्रिय हुनुपर्ने सुझाव सो अवसरमा महासंघका तर्फबाट दिइयो । नेपालमा लगानी बढाउन के कस्ता अवरोधहरु छन् पहिचान सहित लगानी आकर्षणमा आर्थिक कुटनीतिको परिचालन सशक्त ढंगबाट गर्नुपर्ने बेला आएको अध्यक्ष राणाले सो अवसरमा बताइन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, महासचिव सुरेश मान श्रेष्ठ, निर्देशक मीना श्रेष्ठ सम्मिलित महासंघको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा विश्वका विभिन्न देशहरुमा नेपालको प्रतिनिधित्व गर्ने कुटनीतिक मिसनलाई अव निश्चित लक्ष्यका साथ परिचालन गर्नुपर्नेमा जोड दिएका थिए । अध्यक्ष राणाले राज्यले गर्ने विभिन्नस्तरको उच्चस्तरीय भ्रमणमा निजी क्षेत्रको सशक्त सहभागिता गराइनुपर्नेमा समेत जोड दिइन् ।

सो अवसरमा परराष्ट्र मन्त्री महराले महासंघले मुलुकको आर्थिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै महासंघले उठाएका मागलाई सम्बोधन गर्न आफू र आफ्नो मन्त्रालयको सहयोग रहने विश्वास दिलाए । कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकमा ‘द्विपक्षीय पराशर्म संयन्त्र’मार्फत आर्थिक कुटनीतिलाई प्रभावकारी बनाईने समेत उनले विश्वास दिलाए । “द्विपक्षीय पराशर्म संयन्त्र भएका मुलुकमा संयन्त्र मार्फत र नभएका मुलुकमा संयन्त्र स्थापना गरेर आर्थिक कुटनीतिलाई प्रभावकारी रुपमा अगाडि बढाइने स्पष्ट पारे ।

परराष्ट्र नीतिसम्बन्धी सुझाव दिन बनेको उच्चस्तरीय कार्यदलमा पनि महासंघले महत्वपूर्ण सुझाव दिइरहेको विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री महराले अबका दिनमा राज्यले राजनीतिक भन्दा पनि आर्थिक मुद्दालाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने समेत बताए ।

प्रकाशित मितिः २०७४ साउन १०

वि.सं.२०७४ साउन १० मंगलवार १५:३२ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...