नेपाली क्रिकेटरले १ वर्षको तलब पाए

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटरहरुको १ वर्षको तलब पठाएको छ ।आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र २३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो ।

नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो ।क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेलाडीहरुको नाम पठाए पछि उनीहरुले तलब पाएका छन् । खेलाडीहरुको ग्रेडअनुसार तलब आएको छ ।

क्रिकेट संघले आईसीसीबाट निलम्बनमा पर्नुअघि ए, बी र सी गरेर खेलाडीहरुको ग्रेडिङ गर्दै तलब तोकेको थियो । त्यसबेला ए ग्रेडका खेलाडीले मासिक ३५ हजार, बी ग्रेडले २५ हजार र सी ग्रेडले मासिक १० हजार तलब पाउने व्यवस्था गरिएको थियो ।

प्रकाशित मितिः २०७४ साउन १२

२०७४ साउन १२ गते १०:५० मा प्रकाशित

You can share this post!

धादिङको जनजागृति मा.वि.मा स्काउटको साँस्कृतिक कार्यक्रम सम्पन्न

ग्रिनकार्डधारी पाइलटलाई मासिक १० लाख तलब,अन्यलाई डेढलाख मात्रै !

Related posts