काठमाडौ। नेपाल एसबिआई बैंकले ३० दिनभित्र पुरानो नगद लाभांश लगिसक्न शेयर धनीलाई आग्रह गरेको छ। आर्थिक वर्ष २०५२/५३ देखिको नगद लाभांश कतिपय शेयरधनीले लैजान बाँकी रहेको बैंकले जनाएको छ। यदि, तोकिएको सयमभित्र पनि लाभांश लिन सेयरधनीहरु नगएमा उक्त लाभांश लगानीकर्ता संरक्षरण कोषमा जाने बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०५२/५३ देखि २०६८/६९ सम्मको नगद लाभांश लैजान लगानीकर्तालाई अनुरोध गरेको हो। यो अवधिको ६० लाख १७ हजार २०४.१७ रुपैयाँ रकम शेयरधनीले लैजान बाँकी रहेको बैंकले जनाएको हो। पाँच बर्ष भन्दा पुरालो लाभांश कोषमा पठाउनु पर्ने व्यवस्था अन्तर्गत लगानीकर्तालाई सूचीत गरेको बैंकले जनाएको छ।
प्रकाशित मितिः २०७४ साउन १२
वि.सं.२०७४ साउन १२ बिहीवार १३:०२ मा प्रकाशित