back
NMB ad

चालक सहित धादिङ गजुरीबाट त्रिशूलीमा खसेको टिप्पर भेटिएन,खोजी कार्य जारी

Kumari bank ad

गजुरी,धादिङ । धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर २ मा पर्ने विहानी पम्प नजिकैको चाम्वास स्थित पृथ्वीराजमार्गबाट ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । सिद्धलेक गाउँपालिकाको फिसफिसेटारबाट वालुवा लिनका लागि गजुरी तर्फ जादैँ गरेको बा ४ ख ५१४६ नम्बरको ट्रिपर सडक देखि २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको गजुरी प्रहरीले जनाएको छ ।

ट्रिपर चालक काले भनिने सागर परियार र उनले साथीका रुपमा लिएर आएका सिद्धलेक गाउँपालिका फिसफिसेटारका २१ वर्षका भोजराज थपलिया हराइरहेका छन् । सुतिरहेका थपलियालाई चालक परियारले जवरजस्ति उठाएर साथीका रुपमा लिएर गएको थपलियाका आफन्तहरुले वताएका छन् । थपलिया यस अघि ट्रयाक्टर चालकको काम गर्दथे ।

सडक छेउका ४ वटा प्याराफिट ढाल्दै २५ मिटर तल त्रिशूली नदीमा खसेको थियो । टिप्पर खसेको पुलबाट तर्दै गरेका बटुवाहरुले देखेपछि नजिकैको गजुरीस्थित प्रहरीलाई खबर गरेका थिए । हराइरहेकाहरुको खोजीमा स्थानीय,नेपाल प्रहरी, सशस्त्र प्रहरी लागेका छन् । बाढीका कारण त्रिशूलीमा पानीको बहाव बढेकोले खोजीमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीले जनाएको छ ।

प्रकाशित मितिः २०७४ साउन १२

वि.सं.२०७४ साउन १२ बिहीवार १४:२५ मा प्रकाशित

You can share this post!

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...