back
NMB ad

नागपञ्चमी र रक्षा बन्धन भोलि; हल्लाको पछि नलाग्न ज्योतिषहरुको आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषदले नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषयलाई लिएर उत्पन्न सामाजिक हल्लाहरु सबै भ्रम भएको दाबी गरेको छ।

रिपोर्टर्स क्लब नेपालमा नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषदले पत्रकार सम्मेलन गरेर नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषयलाई लिएर कालसर्प योग नामक संस्थाले भ्रम फैलाएकोमा आपत्ति प्रकट गर्दै गलत हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको हो ।

पचाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले कालसर्प योग शास्त्र बिरोधि र विश्वास नभएको संस्था भएको कारण भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

उनले भने,‘यो कालसर्प योग कुनै शास्त्रमा छैन्, भारतबाट हाम्रो संस्कार र संस्कृतिलाई धमिलो बनाउने काम भएको छ, हामी यस्ता गलत कामबाट सचेत हुनुपर्छ।’

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले बजारमा आएका हल्लाहरुले समाजलाई हच्काएको बताउँदै यस्ता कर्म गर्नेलाई समयमै पाखा लगाएर सहि सुचना दिनुपर्नेमा ज्योतिषहरुले भूमिका खेल्नुपर्ने बताए ।

पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सुर्यप्रसाद ढुङ्गेलले ईतिहाँसका केही वर्षमा पनि यो वर्षमाजस्तै नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको तर हल्ला फिँजाए अनुसार कुनैपनि असर नपरेको स्पष्ट पारेका छन् ।

उनले भने,‘हामीले ईतिहास हेर्यौ भने एकैदिनमा रक्षा बन्धन र नागपञ्चमी परेको छ,कालसर्प योग भन्ने संस्थाका मानिसहरुले बेतुकका हल्ला फिजाएका छन्, उनीहरुलाई सरकारले तत्काल पहिचान गरेर कारवाही गरोस्।’

उनले भने,‘त्यो दिनमा ग्रहण लाग्ने कुरा सत्य हो, हाम्रो देशमा ग्रहण लाग्छ, विश्वमा छरिएर रहेका नेपालीहरू यो पर्वमा समाहित हुने हुँदा ग्रहण नलाग्ने देशमा रहेका नेपालीहरू फरक दिनमा यी पर्व मनाउन सक्छन्।’

त्यस्तै कार्यक्रममा नेपाल ज्योतिष परिषदका अध्यक्ष माधवराज पाण्डेले कालसर्प योगका नाममा जनतालार्इृ ठगीरहेकाले सरकारले यो संस्थालाई तत्काल सरकारले कानुन बमोजिम कारवाही गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘पछिल्लो समयमा कालसर्प योगको नाममा गलत हल्ला फैलाउने र अनेक बाहनामा मुलुकका विभिन्न भ–ूभागमा भवन निमार्णगर्न गरेको छ, कालसर्प योग कुनै पनि शास्त्रमा छैन्, यस्तो विश्वास भन्दा बाहिरका कुरामा अल्झिएर  कसैले दुविधामा नपर्न आग्रह गर्दछु।’

कार्यक्रममा ज्योतिष कृष्ण अधिकारी, माधव प्रसाद पाण्डे लगायतले कालसर्प योगका कुरा गर्नेलाई वहिष्कार गर्नको लागि सबैलाई आग्रह गरेका छन् ।

तोकिएको समय, दिनमा आफ्नो तबर अनुसार नागपञ्चमी र रक्षा बन्धन पर्वलाई हर्षउल्लासकासाथ मनाउन सबैलाई आग्रह गरेका छन् ।

उक्त कार्यक्रम दक्षिण एशियाली ज्योतिष महासंघ राष्ट्रिय समितिका सभापति एवम् नेपाल ज्योतिष परिषदका सचिव आचार्य लक्ष्मण पन्थीले सञ्चालन गरेका थिए ।

प्रकाशित मितिः २०७४ साउन १२

वि.सं.२०७४ साउन १२ बिहीवार १४:३६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...