back
NMB ad

१६६% र १००% हकप्रद खुलेको थाहा छ नि ? समय धेरै छैन भर्न नछुटाउनुहोला है !

Kumari bank ad

काठमाडौ । बीमाका सेयरधनीहरु अहिले तीन दुईृवटा बीमा कम्पनीले एक करोड भन्दा बढी कित्ता हकप्रद सेयर निष्काशन गरेका छन् । हिमालयन जनरल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले चुक्तापुँजीवृद्धिका हकप्रद सेयर निष्काशन गरेका हुन् ।

हिमालयन जनरल इन्स्योरेन्सको एक बराबर एक दशमलव ६६६७ को अनुपात अर्थात १६६ प्रतिशत हकप्रद असार २८ गतेबाट निष्काशन भइरहेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । असार २८ गतेदेखि खुलेको हकप्रदमा साउन ३१ गतेसम्म आवेदन दिनसक्नेछन् । असार १५ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद भर्न पाउनेछन् ।

कम्पनीको हकप्रदमा असार १५ सम्म कायम शेयरधनीले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नक्साल काठमाडौ तथा एनएमबि बैंकको सूर्य विनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपा, ट्राफिक चोक बुटवल, महेन्द्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर वीरगञ्ज, नारायणगढ चितवन, भानुचोक जनकपुर र बिर्तामोड झापाबाट आवेदन दिन सकिनेछ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १ः१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद शेयर असार ३० गतेबाट निष्काशन खुल्ला भएको छ । उक्त हकप्रद शेयरमा असार १२ गतेसम्म कायम लगानीकर्ताले भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले ३९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय डिल्लीबजार काठमाडौ तथा लुम्बिनीको सेयर रजिष्ट्रार एस क्यापिटल लालदरबार काठमाडौबाट पनि आवेदन दिन सक्नेछन् । कम्पनीले सीबीआइएल क्यापिटलमा चेकमात्र र हकप्रद सेयर हक हस्तान्तरण गरी लिएका सेयरधनीको आवेदन एस क्यापिटलबाट मात्र लिने व्यवस्था गरेको छ ।

यसैगरी, सिटिजन्स बैंकको उपत्यका भित्रका ठिमी, कुपन्डोल, बौद्ध र कलंकी शाखा तथा उपत्यका बाहिर बिर्तामोड, विराटनगर, धरान, वीरगंज, नारायणगढ, जनकपुर, बुटवल, पोखरा, नेपालगंज, धनगढी र महेनद्रनगर शाखाबाट आवेदन दिन पाइनेछ ।

प्रकाशित मितिः २०७४ साउन १३

वि.सं.२०७४ साउन १३ शुक्रवार ०९:५७ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...