back
NMB ad

अब बिदेशबाट फोन आउँदा पनि बोनस पाईने !

Kumari bank ad

काठमाडौ।नेपाल टेलिकमले विदेशबाट आएको कल उठाउँदा बोनस दिने योजना ल्याएको छ। जीएसएम,सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन पाइने कम्पनीले जनाएको छ। कम्पनीले सोमबारदेखि ९० दिनका लागि लागु हुने जनाएको छ। टेलिकमले एडीएसएलमा समेत छुट अफर ल्याएको छ।

कम्पनीका अनुसार एक एमवीपीएसम्मको गतिको एडिएसएल इन्टरनेट करसहित मासिक एक हजारमा पाइनेछ । पहिला मासिक २ सय ५६ केवीपिएस गतिको एडिएसल सेवाको १ हजार १७ रुपैयाँ तिर्नुपर्थ्यो । कम्पनीले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि १ हजार ९ सय ८० रुपैयाँ शुल्क लिइएकोमा अब १५ जीबी डाटा तीन सय रुपैयाँमै पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २५ जीबी डाटाको पाँच सय रुपैयाँ र ४० जीबीको डाटाको मूल्य सात सय रुपैयाँ तोकेको छ । यी डाटाको गति १ एमबीपीएस सम्म हुने कम्पनीले जनाएको छ । कम्पनीले दर्ता शुल्क पनि पाँच सयबाट घटाएर भोल्युम बेस्डको कर वाहेक दुर्इ सय रुपैयाँ र अनलिमिटेडको तीन सय रुपैयाँ तोकेको जनाएको छ।

कम्पनीका अनुसार अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने छ । कम्पनीका अनुसार १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज तीन महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पूरानै मूल्यमा प्रयोग गर्न पाइनेछ ।कम्पनीले १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने जनाएको छ।

telicom press matter

प्रकाशित मितिः २०७४ साउन १५

वि.सं.२०७४ साउन १५ आइतवार १५:३७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...