back
NMB ad

धुर्मुस–सुन्तलीले प्राप्त गरे नमुना नेपाल निर्माणका लागि जग्गा

Kumari bank ad

काठमाडौ । हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को ‘धुर्मुस– सुन्तली’ फाउन्डेसनले पाँच अर्ब रुपैयाँमा निर्माण गर्न लागेको महत्वाकांक्षी योजना ‘नमुना नेपाल’ अब नेपाल सरकारले स्वीकृती दिए निर्माण हुने भएको छ । विभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ ललितपुर जिल्लाको लेलेमा निर्माण हुन लागेको हो ।

‘नमुना नेपाल’ निर्माणका लागि सबै चिजले उपयुक्त जमिन ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेले स्थित खाँवा डाँडामा फेला परेको ‘धुर्मुस–सुन्तली’ फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । जग्गा हेर्न गएको ‘धुर्मुस–सुन्तली’ जोडीलाई स्थानियले फुलमाला सहित स्वागत गर्दै परियोजना निर्माणका लागि सहमति पत्र समेत प्रदान गरेका छन् ।Dhurmus

खोजे जस्तो जग्गा भेटेपछि ‘धुर्मुस–सुन्तली’ले आफूहरु उत्साहित भएको बताएका छन् । अब नेपाल सरकारले स्वीकृती दिए नमुना नेपालको काम अगाडि बढाइने ‘धुर्मुस–सुन्तली’ फाउन्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन् ।
suntali
‘धुर्मुस–सुन्तली’ फाउन्डेशनले कोरेको खाका अनुसार, ‘नमुना नेपाल’भित्र मिनि रेल, सांस्कृतिक संग्रहालय, स्टेडियम, प्रतीकात्मक हिमाल, लुम्बिनी, मुक्तिनाथ, भ्यु टावरसहितको धरहरा, पशुपति, बौद्धनाथ आदि विविध सांस्कृतिक, धार्मिक स्थलहरू हुनेछन् ।

प्रकाशित मितिः २०७४ साउन १५

वि.सं.२०७४ साउन १५ आइतवार १७:१५ मा प्रकाशित

You can share this post!

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....