back
NMB ad

नेताको प्रश्नः नेताले गरेको भ्रष्टाचारमा अख्तियार किन मौन ?

Kumari bank ad

काठमाडौ। संसदको सुशासन समितिको बैठकमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतले विगत एक वर्षमा आयोगले गरेका कामको सार सुनाए । तर, सांसदहरुले २४ हजार उजुरी लिएर १४४ वटा मात्रै मुद्दा दर्ता भएको भन्दै आलोचना गरे ।

केही सांसदहरुले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारमा मौन बसेको भन्दै ठूला माछालाई छोड्ने र साना माछा मात्रै समाउने प्रवृत्ति परिवर्तन गर्न सुझाव दिए । माओवादी केन्द्रका सांसद अमनलाल मोदीले राजनीतिक दलका नेतामाथि उठिरहेको प्रश्नमा अख्तियार मौन बस्नुले आशंका जन्मिएको बताए । उनले भ्रष्ट नेताहरु नसमातिएसम्म नागरिकले सुशासनको प्रत्याभूति गर्न नसक्ने बताए ।

अन्य केही सांसदहरुले पनि अख्तियारलाई राजनीतिक नेतृत्व, निजी क्षेत्र र अकुत सम्पत्ति आर्जन गर्ने ‘ठूला माछा’मा पनि आँखा लगाउन नसकेको टिप्पणी गरे । तर, प्रमुख आयुक्त बस्नेतले भने अयोगको प्रतिरक्षा गरे । ‘एक रुपैयाँ भ्रष्टाचार गर्ने पनि अपराधी हो । १ अर्ब भ्रष्टाचार गर्ने पनि अपराधी नै हो’ प्रमुख आयुक्त बस्नेतले भने, ‘भ्रष्टाचार गर्ने कोही सानो वा ठूलो हुँदैन । कानुन विपरित काम गर्नेलाई कारवाही गर्छौं ।’

विभिन्न तरिकाबाट भ्रष्टाचार गर्ने र उम्किन खोज्ने प्रवृत्ति बढेको भन्दै उनले ठूलो र सानो माछा भन्नुभन्दा भ्रष्टाचार गर्नेलाई अपराधी मानेर नै आयोगले काम गरिरहेको स्पष्ट पारे । ‘हामीले केही समयअघि कर्णालीको डोल्पाका एक गाविस सचिवले १ करोड २५ लाखको भ्रष्टाचार गरेको मुद्दा चलायौं । भक्तपुरमा ३५ रोपनी सार्वजनिक जग्गा मालपोतका परिचर र खरिदार मिलेर व्यक्तिका नाममा नामसारी गरेको विषयमाथि अनुसन्धान गरिरहेका छौं’ अख्तियार प्रमुख बस्नेतले भने ।

उनले अघि भने, ‘पद वा व्यक्तिलाई ठूलो मान्ने कि उसले गरेको अपराधलाई ठूलो मान्ने ? हामीले भर्खरै स्वास्थ्य सेवा विभागका सह–सचिवलाई १० हजार घुससहित रंगे हात समात्यौं । अब यसलाई ठूलो भन्ने कि सानो ?’

प्रमुख आयुक्त बस्नेतले नयाँ संविधानले अख्तिायरको अधिकार कटौती गरेको गुनासो गर्दै त्यसका कारण काम गर्न समस्या भएको बताए । उनले अख्तियार छल्न मन्त्रिपरिषदमा लगेर निर्णय गर्ने परिपाटी मौलाएको भन्दै सांसदहरुको ध्यानाकर्षण गराए ।

‘संविधानले आयोगले हेर्ने अनुचित कार्यलाई हटाइदिएको छ । यसले हाम्रो कार्यक्षेत्र नै खुम्चिएको छ । हामी निजी क्षेत्र र एनजीओ आईएनजीओभित्र पनि जान पाउँदेनौं’ बस्नेतले भने, ‘आयोगले स्रोत साधनले भ्याएसम्म काम गरिरहेको छ ।’

प्रकाशित मितिः २०७४ साउन १७

वि.सं.२०७४ साउन १७ मंगलवार १५:५७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...